प्रधानमन्त्रीको उपस्थितिमा मन्त्रीपरिषद् बैठक सुरु

२२ भदौ ७६, आइतबार

२२ भदौ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष उपस्थितिमा आइतबार मन्त्रीपरिषदको बैठक बस्दैछ ।

Advertisement

प्रधानमन्त्री ओलीले आइतबार मध्यान्ह साढे १२ बजेका लागि मन्त्रीपरिषदको बैठक बोलाइएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको उनको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली गएको शुक्रबार स्वदेश फर्किएका हुन् । उपचारका लागि उनी सिंगापुर रहेका बेला पनि मन्त्रीपरिषद सदस्यसँग भिडियो कन्फेरेनसमार्फत दुई पटक छलफल गरेका थिए ।

Advertisement

अहिले जारी बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भइरहेको जनाइएको छ । मन्त्रीपरिषदको आइतबारको बैठकले केही महत्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top