२२ भदौ, काठमाडौँ ।
संघीय संसदको प्रतिनिधिसभामा किशोरीमाथि एसिड आक्रमणका घटना बढ्दै गएको भन्दै कडा कदम चाल्न सरकारको ध्यानाकर्षण गराईएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा समय लिएर बोल्दै सांसद सांसद जुलीकुमारी महतोले एसिड आक्रमणका घटना नियन्त्रण गरि महिलाको सुरक्षाका लागि कडा कानुन बनाउन सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
भदौ २० गते शुक्रबार बिहान विद्यालय जादै गर्दा विरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाकी १५ बर्षिया मुस्कान खातुनमाथि एसिड आक्रमण भएको थियो ।
उनको अहिले काठमाण्डौको र्कितिपुर अस्पतालमा उपचार भईरहेको छ । सांसद महतोले महिलाको सुरक्षाका लागि थप संवेदनशील बन्दै दोषीलाई पक्राउ गरि कडा कारवाही गर्न पनि माग गरिन् ।
त्यसैगरी बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले एसिड आक्रमणबाट घाईते भएकी मुस्कान खातुनको निशुल्क उपचारको व्यवस्था गरी दोषीलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद नरमाया ढकालले एसिड आक्रमणको घटनाको भत्र्सना गर्दै दोषिलाई नियन्त्रणमा लिई तत्काल कानुनी कारवाही गर्न माग गरिन । सांसद पार्वता डिसी चौधरीले मुस्कान खातुनको सम्पूर्ण उपचार खर्च व्यहोर्दै दोषीलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद पुष्पाकुमारी कर्ण कायस्थले कहिले सम्म बालिकाले असुरक्षित जीवन जीउन बाध्य हुने भन्दै कानुन संसोधन गरेर भएपनि एसिड आक्रमण गर्ने दोषीलाई मृत्युदण्डको व्यवस्था गर्न माग गरिन् ।
सांसद पार्वतीकुमारी विशुंखे, प्रमिला राई लगायत सांसदहरुले एसिड आक्रमणको घटनाको भत्र्सना गर्दै घटनाका दोषीलाई कडा कारवाही गर्दै भविश्यमा यस्ता घटना दोहोरिन नदिन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।