राष्ट्र बैंकले २० अर्बको ट्रेजरी बिल बिक्री गर्ने

२३ भदौ ७६, सोमबार

२३ भदौ, काठमाडौं ।

Advertisement

नेपाल राष्ट्र बैंकले २० अर्बको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले मंगलबार तीन भिन्न किसिमका २० अर्बको ट्रेजरी बिक्री गर्न लागेको हो । ट्रेजरी बिलको अनलाइन बोलकबोल आज दिउँसो तीन बजे हुँदैछ ।

Advertisement

९१ दिनको लागि जारी हुन लागेका ८ अर्बको ट्रेजरी बिल २०७६ असोज २८ गते, १८२ दिनको लागि जारी हुन लागेको ६ अर्बको ट्रेजरी बिल २०७६ पुस २९ गते र ३६४ दिनको लागि जारी हुन लागेको ६ अर्बको ट्रेजरी बिल २०७७ असार ३० गते परिपक्व हुनेछ ।

यसअघि २०७६ असार २३ गते जारी भएको १० करोड रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिलमा ७५ करोडबराबरको बिड परेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top