झापा विष्फोटको जिम्मा विप्लव समुहले लियो

२३ भदौ, झापा । झापाको गौरादह र बिर्तामोडमा गराइएको बम विस्फोट घटनाको जिम्मेवारी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले लिएको छ ।

विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका झापा जिल्ला सेक्रेटरी मनिषले पत्रकारलाई फोन गर्दै बम विस्फोट गराएको घटनाको जिम्मेवारी लिएका हुन् ।

जनताको पैसामा मस्ती गर्ने जनप्रतिनिधि, कर्मचारी र सहकारीका व्यक्तिलाई जनताकै माग अनुसार कारबाही स्वरूप गौरादह नगरपालिकाको गाडी र बिर्तामोडको सहारा नेपाल सहकारी संस्थाको भवनलाई लक्षित गरी बम विस्फोट गराइएको जिल्ला सेक्रेटरी मनिषले पत्रकारलाई बताए ।

झापाका स्थानीय तहका जनप्रतिनिधिले विकास निर्माणमा खर्च गर्नुपर्ने जनताको पैसामा गाडी चढ्ने, बेरुजु रकम बढाउने, भ्रष्ट्राचार र अनियमितता गर्ने भ्रष्ट नेतृत्व विरुद्ध जनताको आवाज उठिरहेको बेला जनताकै पक्षमा नेतृत्व गरेर कारबाही सुरु गरेको उनले बताए ।

लगानी गरेर आफू मालिक हुने सहकारीको नियम विपरीत, राज्यका नीति अनुसार नचलाउने, जनताको लगानीमा आफू मालिक भएर सहकारी चलाउने र जनतालाई ऋणको भार थपेर आत्महत्याको बाटोतर्फ प्रेरित गर्ने जनगुनासो आउन थालेपछि पार्टीले ठूला सहकारीलाई कारबाही गर्ने अभियान सुरु गरेको पनि उनले बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top