काकड्भिट्टाको बस सिरहामा दुर्घटना, दजर्नबढी घाईते

२३ भदौ ७६, सोमबार

२३ भदौ, सिराहा ।

Advertisement

सिराहामा यात्रुबाहक बस दुर्घटना हुँदा २५ जना यात्रु घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिराहाको परयागपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई दर्जन यात्रु घाईते भएका हुन् ।

Advertisement

पूर्व पश्चिम राजमार्ग अन्तर्गत काँकड्भिट्टाबाट काठमाडौं जादै गरेको ना ५ ख ५२३४ नम्बरको शुभ बिहानी नामक यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा परी दुई जना गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । नाम खुल्न नसकेका दुवै जनाको टाउको र छातीमा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ ।

Advertisement

घाईतेहरुको स्थानीय अस्पताल र क्लीनिकहरुमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top