नेपाल र चीन बैठक सुरु

२२ भदौ ७६, सोमबार

२३ भदौ, काठमाडौं ।

Advertisement

नेपाल र चीनबीच परराष्ट्रमन्त्री स्तरीय बैठक काठमाडौंको याक एन्ड यति होटलमा सुरु भएको छ ।

बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गरेका छन् भने चीनको नेतृत्व चिनियाँ विदेशमन्त्री वाङ यीले गरेका छन् ।

Advertisement

करिब एक घन्टा चल्ने बैठकमा चिनियाँ राष्ट्रपति सि जिङ पिङको नेपाल भ्रमण, बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई), चिनियाँ सहायतालगायत विषयमा छलफल हुने परराष्ट्र स्रोतले जानकारी दिएको छ।

नेपाली पक्षले रसुवागढी–काठमाडौं सडकलगागत केही महत्वपूर्ण सडक, गल्छी–रसुवागढी–केरुङ विद्युत प्रसारण लाइन, काठमाडौं–केरुङ रेललगायतका विषयमा चिनियाँ पक्षसँग आयोजना विवरण प्रस्तुत गर्ने पनि जानकारी प्राप्त भएको छ ।

Advertisement

बैठकपछि दुई देशका विदेशमन्त्रीको उपस्थितिमा सम्बन्धित अधिकारीहरूले समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top