×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

असोजको पहिलो साता मोरङमा अन्तर्राष्ट्रिय गोल्डकप

२३ भाद्र २०७६

२३ भदौ, मोरङ ।

मोरङको बेलबारीस्थित लक्ष्मीमार्गमा आयोजना हुने लक्ष्मीमार्ग अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको तेश्रो संस्करणको उपाधि पुरस्कारको राशि दोब्बर बनाइएको छ ।

Advertisement
Advertisement

गोल्डकपको तेश्रो संस्करण असोजको पहिलो साताबाट हुनेछ । प्रतियोगिताका अध्यक्ष विक्रम राईका अनुसार तेश्रो संस्करणको उपाधि हात पार्ने टोलीले ५ लाख रुपैया, उपविजेताले २ लाख ५० हजार हात पार्नेछन् ।

यसअघि २ लाख २२ हजार र १ लाख ११ हजार रुपैया रहेको थियो । लक्ष्मीमार्गमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राईले गोल्डकपमा भारतको एक टोलीसहित ८ क्लबले उपाधिका लागि स्पर्धा गर्ने बताए ।

प्रतियोगितामा भारतको रोयल क्लब, रुपन्देही ११, धरान ११, एपीएफ काठमाडौं, झापा ११, मदन भण्डारी स्पोटर्स एकेडेमी काठमाडौं, नेपाल पुलिस क्लब, र आयोजक डाँगीहाट युथ क्लब मोरङले स्पर्धा गर्ने छन् ।

गतवर्षको विजेता टोली मोरङ फुटबल एकेडेमी भने प्रतियोगितामा अटाएको छैन । अध्यक्ष राईले एन्फाको नयाँ नियम अनुसार ‘ग’ श्रेणीमा परेकाले मोरङ प्रतियोगिताबाट बाहिरिएको हो ।

Advertisement
Advertisement

गतवर्ष मोरङले झापाको टोलीलाई पराजित गर्दै उपाधि हात पारेको थियो । गोल्डकपमा ३१ लाख ४ हजार रुपैया खर्च हुने अनुमान गरिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top