विश्व अर्थतन्त्रका लागि एशियाली राष्ट्रहरुको योगदान महत्वपूर्णः अर्थमन्त्री

२४ भदौ ७६, मंगलबार
Share this
720shares

२४ भदौ,काठमाडौं ।

Advertisement

अर्थमन्त्री डा. युवराज खतिवडाले एशियाली राष्ट्रहरुले विश्वकै अर्थतन्त्रलाई सदृढ बनाउन महत्वपूर्ण योगदान दिन सक्ने दावी गरेका छन् ।

अर्थमन्त्री खतिवडाले पूँजी बजारको विस्तारको गतिलाई अझै बढाउँदै लगेर एशियाली राष्ट्रहरुले विश्वमै गरिवी निवारणको अभियानमा पनि अग्रणी भूमिका निर्वाह गर्न सक्ने बताए ।

Advertisement

मंगलबारबाट काठमाडौंमा सुरु भएको ‘एशिया प्यासिफिक सेन्ट्रल सेक्युरिटिज डिपोजिटरी ग्रुप’ को २३ औं वार्षिक साधारणसभालाई काठमाडौंमा उद्घाटन गर्दै उनले नेपालको पूँजी बजारको दायरा बढदै गएको उल्लेख गर्दै यसको निर्वाध विकासका लागि सरकारले प्रविधिको विकासमा जोड दिएको पनि स्पष्ट पारे ।

अर्थमन्त्री खतिवडाले सरकारले पूँजी बजारकै हितका लागि उत्पादनमूलक क्षेत्रमा बाह्य लगानी भित्र्याउन जोड दिनु परेको पनि स्पष्ट पारे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top