ईन्द्रजात्रामा राष्ट्रपतिको विरोध गर्ने आशंकामा सेनाका मेजरसहित करिब १५ जना पक्राउ

२७ भदौ, काठमाडौँ । ईन्द्रजात्राको अवसरमा बसन्तपुरमा राष्ट्रपति विद्यादेवी भण्डारी बसन्तपुरमा आउँदा विरोध प्रदर्शन हुने आशंकामा प्रहरीले एकजना बहालवाला सैनिक अधिकृत, अर्का सेवा निवृत्त डिआइजीसहित करिब १५ जनालाई गिरफ्तार गरेको छ ।

Advertisement

प्रहरीले आधिकारिक रुपमा यसबारे आफूलाई जानकारी नभएको बताए पनि गिफ्तार केही व्यक्तिहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ । उनीहरुलाई शुक्रबार अपरान्ह पक्राउ गरिएको हो ।

नाम नखुलाउने शर्तमा एक प्रहरी अधिकृतले दिएको जानकारी अनुसार गिरफ्तार हुनेमा एकजना बहालवाला मेजर, एकजना सेवा निवृत कर्णेल, एक अर्का सेवा निवृत्त डिआइजी, भ्रष्टाचार विरोधी राष्ट्रिय अभियानसँग आबद्ध हिरण्यमान ताम्राकारसहित अन्य १० जना जति रहेका छन् ।

Advertisement

गुठी विधेयकमा राष्ट्रपतिले विधेयक विरोधी आन्दोलनका अभियन्ताहरुको मागप्रति उदासिनता देखाएकोमा उनको कार्यक्रमलाई बहिष्कार गर्नु पर्ने धारणा समूह भित्र केहीले राखेको जानकारी प्रहरीलाई प्राप्त भएको र त्यो अनुसार सादा पोशाकमा गएका प्रहरी कारवाहीमा उत्रिएको पनि ती अधिकृतले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top