२७ भदौ, काठमाडौँ । ईन्द्रजात्राको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीको विरोध गर्नेे आशंकामा प्रहरीले सेवा निवृत्त सेनाका कर्नेल र प्रहरीका डीआईजीसहित ५० जनाभन्दा बढीलाई गिरफ्तार गरेको छ ।
पक्राउ गरिएका अधिकांशलाई प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा राखिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । अपरान्ह ४ बजे राष्ट्रपति विद्यादेवी भन्डारी आउने पूर्व निर्धा्रित तालिकालाई मध्यनजर गर्दै भष्ट्रचार विरोधी अभियान समूहको नेतृत्वमा दिउँसो १ बजे बसन्तपुरस्थित भुगोलपार्कमा कार्यक्रम आयोजना भएको थियो ।
राष्ट्रपतिलाई कालोझन्डा देखाउने, विरोध प्रदर्शन गर्नेजस्ता गतिविधि हुन सक्ने देखिएको भन्दे पक्राउ गरिएको काठमाडौं परिसरका अधिकारीले जानकारी दिए । पक्राउ पर्नेमा नेपाल प्रहरीका निवृत डीआईजी विजय भट्ट र नेपाली सेनाका पूर्व कर्नेलसमेत रहेका छन् ।
गुठी विधेयक विरोधी आन्दोलनका अभियन्ताहरुको माग प्रति उदासिनता देखाएकोमा राष्ट्रपतिको कार्यक्रममा विरोध जनाउन खोजिएको बुझिएको छ ।