देउवाले दिए संसद ठप्प पार्ने चेतावनी

२८ भदौ ७६, शनिबार

२८ भदौ, दाङ ।
नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले एकताले मात्र सफलता हसिल गर्न सकिने भएकाले एकताबद्ध पार्टी निर्माणको अभियानमा सबै लाग्नुपर्ने बताएका छन् ।

Advertisement

शनिबार दाङको तुलसीपुरस्थित बिपी चोकमा स्थापना गरिएको बिपीको पूर्णकदको शालीक अनावरण गर्दै उनले निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही हुने पनि प्रष्ट पारे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले एकताको शुरुआत दाङबाटै गर्न पनि कार्यकर्तालाई आग्रह गरे । उनले बाँकेका सभापतिमाथि भएको दुव्र्यवहारको विरोध गर्दै दोषीमाथि कारबाही नगरे संसद ठप्प पार्ने चेतावनी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top