२८ भदौ, विराटनगर ।
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु भएको छ ।
पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथिको श्राद्ध गरिन्छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।
सक्नेले यस पक्षका सोह्रै तिथिमा श्राद्ध गर्नुपर्छ । नसक्नेले पञ्चमीदेखि औँशीसम्म, यति पनि नसक्नेले पिताका तिथिमा श्राद्ध गर्नुपर्ने शास्त्रीय वचन रहेको पंडितहरु बताउछन् । कुनै कारणवश पिताको तिथिमा श्राद्ध रोकिएमा अष्टमी, द्वादशी वा औँशीमा श्राद्ध गर्ने चलन छ । औँशीमा पनि रोकिए आश्विन शुक्ल पञ्चमीसम्म गर्न सकिने बताइन्छ ।
त्यसबीचमा पनि गर्न नपाए कार्तिक कृष्ण औशीमा गर्ने चलन छ । यस दिन पनि गर्न नमिल्ने भयो भने सूर्य वृश्चिक राशि (मङ्सिर १ गते) मा जानुअघि जुराएर गर्नुपर्ने शास्त्रमा उल्लेख छ । सूर्य वृश्चिक राशिमा जानुअघिसम्म दिवङ्गत पितृ पितृलोकबाट मत्र्यलोकमा झरेर पिण्डदानको आशाले सन्तानको घर वरपर घुमेर बस्छन् भन्ने शास्त्रीय वचन छ ।
यस समयमा श्राद्ध नगरे पितृले सराप्दै फेरि पितृलोकमा फर्कन्छन्। यो समयमा श्राद्ध नगरे दोष (प्रत्यवाय) लाग्छ भन्ने विश्वास छ । आश्विन कृष्ण पक्षलाई महालय, अपर, पितृ र प्रेत पक्ष पनि भनिन्छ ।
सोह्रश्राद्धमा के गर्ने ?
यो समयमा जो मांशहारी हुन्छन ति व्यक्तिहरु शकाहारी हुनु पर्दछ । जसका माता पिता छैनन् उनीहरुले शुद्ध शात्विक भोजन गर्नुपर्दछ र तामसी भोजनहरु ग्रहण गर्नुहुदैन । पितृको तिथि नआउन्जेल सकिन्छ भने एक छाक भोजन तथा एकछाक रोटी ग्रहण गर्नुपर्दछ । अगाडिनै हात गोडाका नङ काट्ने,दिन प्रतिदिन स्नान गर्नुपर्दछ ।
शुक्ल पक्ष वा कृष्ण पक्ष जुन पक्षमा दिवंगत भएपनि त्यही तिथिमानै श्राद्ध गरिन्छ । जसको कुमार अवस्थामा दिवंगत भएको हुँन्छ त्यसको पञ्चमीमा श्राद्ध गर्नुपर्छ । पञ्चमी तिथिमा गरिने श्राद्धले उनीहरुको आत्माले शान्ति पाउँछ । आश्विन कृष्ण पक्षको नवमीलाई मात्रृ नवमी भनिन्छ । स्त्रीजातिको वा आमाको श्राद्ध गर्नुपरे मात्रृ नवमीलाई राम्रो मानिन्छ ।
मात्रृ वनमीको दिने तर्पण,जल तथा पिण्डले आमाको मात्र हैन त्यस कुलमा भएको सम्पुर्ण स्त्रीहरुको उद्धार हुँन्छ भन्ने शाश्त्रीय मान्यता रहेको छ । परिवारका पुर्वज तथा बुबाहरुले सन्यास दिएको भए एकादशी तथा द्दवादशी तिथिमा श्राद्ध गर्नुपर्दछ ।
जसको अकालमा,दुर्घटनामा,अस्त्रसस्त्रमा मृत्यु भएको छ भने अरु तिथिमा भएपनि चतुदर्शीमा श्राद्ध गर्नुपर्दछ । आफ्ना पितृहरुको तिथि थाहा छैन भने औशी तिथिमा श्राद्ध गर्दा सम्पूर्ण पितृहरु प्रशन्न हुन्छन् भन्ने मान्यता छ । श्राद्ध गर्दा बिभिन्न नियमहरुको पालना गर्नुपर्ने हुन्छ । श्राद्धको दिन दात माज्दा ब्रस तथा मलमको प्रयोग नगरि कुनै बृक्ष वा दतिउनबाट दात माज्नु पर्दछ ।
श्राद्धभन्दा अगाडि पान लगायत यस्तै बस्तुहरुको ग्रहण गर्नु हुदैन । श्राद्ध नसकिकन शरीरमा तेल नलगाउनु,श्राद्धको दिन अरुको अन्न नखानु नै श्राद्ध गर्दा पालना गर्नुपर्ने नियमहरु हुन ।
यस्तो छ पौराणिक महत्व
श्राद्धमा पढ्नको लागि गरिने ब्राम्हणहरु जो चोरी कर्म गर्दछ,जो मासुको व्यापार गर्दछ तिनिहरुलाई श्राद्धमा बोलाउनु हुँदैन । शुद्ध ब्राम्हणमा एउटा उर्जा शक्ति हुन्छ त्यो पुर्वजहरुलाई प्राप्त हुन्छ । भगवान रामले पनि आफ्ना पिताजीको मृत्युको खबर भयो भनेर थाहा पाएपछि पुस्कर क्षेत्रमा गएर श्राद्ध गरेको पूराणमा उल्लेख टछ ।
उनले ऋषि मुनिहरुलाई बोलाएर फलफुलहरु ग्रहण गराएका थिए । त्यतिखेर फलफुल बितरण गर्दैगर्दा घरभित्र सिता आईन र रामले किन भित्र आएको भन्दा सिताजीले जबाफ दिईन् मैले हाम्रा पुर्वजहरुको अनुहार ब्राम्हणाहरुको शरीरमा देखि भनेर भनेकी थिईन । जो ब्राम्हणहरुले मासु खाएर शाश्त्र पढ्दछ तिनिहरुको शरीरबाट उर्जा हराएर जान्छ ।
काला दात भएका तथा लामा लामा नङ भएका ब्राम्हणहरुबाट पनि श्राद्ध नगराउँनु भनिएकोछ । अन्नमा किरा परेको छ, अन्नहरुमा कुकुर तथा कुखुराहरुले दृष्टि दिएको छ भने ति अन्नहरु प्रयोग नगर्नु भनिएको छ ।
श्राद्धमा के प्रयोग गर्ने के नगर्ने
श्राद्धको समयमा मुसुरीको दाल, गाजर, कुबिण्डो,लौका,बैगुन,कालो नुन,प्याज तथा लशुन चलाउन हुँदैन । किन भन्दा यि चिजहरु गन्द प्रदान भएको हुनाले पितृहरु रुष्ट हुन्छन् भन्ने मान्यता छ ।
पहेलो सेतो फुलहरु चढाउनु पर्दछ । चन्दन चलाउँदा पहेलो चलाउनु पर्दछ । रातो चन्दन चढाउनु हुँदैन किनकि रातो चन्दन भनेको तमोगुणको प्रतिक हो । पहेलो तथा सेतो चन्दन सत्वगुणको प्रतिक हो ।
पिण्ड कत्रो दिने भन्ने प्रश्नपनि उब्जिन्छ एकोदृष्ट श्राद्धमा सरिफाको फल जत्रो,बार्षिक श्राद्ध जो मरेको एक बर्षमा गरिन्छ त्यस समयमा नरिवलको भित्रको दानो जत्रो,मासिक श्राद्धमा पनि नरिवलको दाना जत्रोनै दिनु पर्दछ ।
तिर्थ श्राद्धमा कुखुराको अण्डा जत्रो,पावण श्राद्धमा अमलाको ठूलो दाना जत्रो दिनुपर्दछ । पिण्ड भनेको ब्रमाण्ड हो आफ्ना पितृहरुलाई हे हजुर मैले तपाईलाई देखेको छैन,मैले हजुरलाई घिउ,चिनि दुध मिसाएर बनाएको पिण्ड अर्पण गरेको छु भनि अग्रजहरुलाई सम्झनु पर्दछ ।