सेयर बजारमा लगानी बढाउन समय अनुकूल छःअर्थमन्त्री

३१ भदौ ७६, मंगलबार
Share this
731shares

३१ भदौ, काठमाडौं ।

Advertisement

अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा लगानी बढाउन वित्तिय संस्थाहरुलाई आह्वान गरेका छन् ।

खतिवडाले मुलुकको आर्थिक गतिविधिलाई बढाउन पनि सेयर बजारमा लगानी बढाउन वित्तिय संस्थाहरुलाई सचेत गराए ।

Advertisement

कर्मचारी संचय कोषको ५८ औं वार्षिकोत्सवको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको आर्थिक गतिविधि बढेको, बैंक तथा वित्तिय संस्थाहरुको ब्याजदर पनि बढेको तथा राजनीतिक स्थायित्व पनि कायम भएकाले सेयर बजारमा लगानी बढाउन अति अनुकूल समय रहेको पनि स्मरण गराएका छन् ।

सेयर बजारमा लगानी बढाउन सके मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने अर्थमन्त्री खतिवडाको भनाई छ ।

Advertisement

अर्थमन्त्री खतिवडाले मुद्रा बजारलाई उत्तेजित बनाउने काम नगर्न पनि वित्तिय संस्थाहरुलाई निर्देशन दिए । उनले पूँजी बजारमा लगानी बढाउन सरकारले आवश्यक वातावरण बनाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top