समाजलाई भड्काउने उच्छृङ्खल गतिविधि बढ्योःभट्टराई

३१ भदौ ७६, मंगलबार

३१ भदौ, काठमाडौं ।

Advertisement

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले नेपाली समाजलाई भड्काउने उच्छृङ्खल खालका गतिविधि बढ्न थालेकोमा चिन्ता व्यक्त गरेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ३४ औं प्राज्ञ सभाको मंगलबार काठमाडौमा उद्घाटन गर्दै उनले अराजक गतिविधिबाट मुलुक अगाडि बढन् नसक्ने भएकाले प्राज्ञिक वर्गले भूमिका महत्वपूर्ण हुने बताए ।

Advertisement

मन्त्री भट्टराईले सुसंस्कृत समाजबाट मात्र मुलुकमा परिवर्तन सम्भव हुने धारणा राखे । प्रतिष्ठानले तयार पार्ने प्राज्ञिक महत्वका नीति, योजना र कार्यक्रममा सरकारले सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

‘अराजकताले मुलुकलाई नै विभाजनतिर लैजाने खतरा हुने गर्दछ,’ मन्त्री भट्टराईको भनाई थियो, ‘त्यस्ता खालका कोसिसहरु हुनै नदिन नेपाल प्रज्ञा प्रतिष्ठान जस्ता संस्थाहरुले नयाँ पिँडीलाई प्रशिक्षित गर्नुपर्दछ ।’

Advertisement

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तथा प्राज्ञ सभाका अध्यक्ष गंगाप्रसाद उप्रेतीले भाषा, साहित्य, संस्कृतिको संरक्षणमा प्रतिष्ठानले काम गरी रहेको जानकारी गराए ।

संस्कृतिविद् सत्यमोहन जोशी, पूर्व कुलपति बैरागी काईंलालगायतले प्राज्ञिक क्षेत्रको संरक्षण र कला साहित्यको विकासमा सरकारले आवश्यक भूमिका खेल्नु पर्नेमा जोड दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top