भारतमा एक मानवरहित लडाकू विमान दुर्घटनाग्रस्त

३१ भदौ ७६, मंगलबार

३१ भदौ, एजेन्सी । भारतीय रक्षा अनुसन्धान एवम् विकास संगठन डिआरडिओको एउटा मानवरहित लडाकू विमान दुर्घटनाग्रस्त भएको छ ।

Advertisement

‘अनम्यान्ड एरियल भेहिकल’ नामको उक्त विमान आज बिहान परीक्षण उडानका क्रममा दुर्घटनाग्रस्त भएको हो ।

कर्नाटकको चित्रदुर्ग जिल्लामा बिहान ६ बजे विमान दुर्घटनाग्रस्त भएको गृह मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Advertisement

विमानको च्यालकेरे एरोना टिकल टेस्ट रेन्जमा आउटडोर परीक्षण गरिएको थियो । डिआरडिओले मानवरहित विमानको निर्माण गर्छ । दुर्घटनाका विषय थप अनुसन्धान भइरहेको डिआरडिओले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top