कुटपिटको घटनापछि बाँकेमा निरन्तरको प्रर्दशन

३१ भदौ, बाँके ।

नेपाली कांग्रेस बाँके सभापति किरण कोइरालामाथि कुटपिट गरिएको घटनालाई लिएर बाँकेमा निरन्तर विरोध प्रर्दशन भएको छ ।

शुक्रबारदेखि जारी आन्दोलनको चौथो दिन मंगलबार नेपालगन्जको धम्बोजी चोकमा कांग्रेसको भातृसंगठन तरुण दलले टायर बालेर बिरोध जनाएको छ ।

Advertisement

आन्दोलनमा बोल्दै कांग्रेसका प्रदेशसभा सदस्य सुरेन्द्रबहादुर हमालले सरकारले दोषिमाथि कारबाही नगरे आन्दोलनले अझै चर्को रुप लिने चेतावनी दिए ।

सोमबार जिल्ला प्रहरी कार्यालयमा एक घन्टा धर्ना बसेर युनियनले विरोध जनाएको थियो भने बुधबार महिला संघले आन्दोलन गर्ने योजना रहेको महाधिवेशन प्रतिनिधी लक्ष्मी नारायण शाहले बताए ।

Advertisement

केन्द्रीय सदस्य भरतबहादुर न्यौपानेले घटनालाई प्रोत्साहन गर्न बाँके प्रहरी प्रशासन सरकारको पछाडि लागेको आरोप लगाए । मुख्य अभियुक्तको खोजी गरेर कानुनी कारबाही नहुँदासम्म आन्दोलन नरोकिने कांग्रेसका नेताहरुले बताएका थिए ।

कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्र्तगत दोस्रो चरणको कार्यक्रम चलिरहेको बेला बिहीबार नेकपाका कार्यकर्ताले सभापति कोइरालामाथि कुटपिट गरेको कांग्रेस बाँकेले जनाएको छ । नेकपा कार्यकर्ताको कुटाइबाट कोइरालाको हात भाँचिएको कांग्रेसले दाबी गर्दै आएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top