मनमोहन विधेयकका कारण प्रदेश १ सभाको बैठक अबरुद्ध

३० भदौ ७६, मंगलबार

३१ भदौ, विराटनगर ।

प्रदेश १ को प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले अवरुद्ध पारेको छ ।

प्रदेश सभाको मंगलबारको बैठक शुरु भए लगतै आफनो स्थानबाट उठेर काग्रेसले विरोध जनाएको थियो ।लगतै सभामुख प्रदीपकुमार भण्डारीले विपक्षलाई आफनो कुरा राख्न समय उपलब्ध गराएका थिए ।

Advertisement

नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रतिवेदनसहितको मनमोहन प्राविधिक विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक कार्य सुचीबाट हटाउन माग राखेका थिए ।

मुख्य सचेतक कार्कीले आफ्नो माग सम्बोधन नभए रोष्टम घेराउ गर्ने समेत चेतावनी दिएका थिए । मंगलवारको प्रदेश सभाको बैठकमा सामाजिक विकास समितिका सभापति सरिता थेवेले प्रतिवेदनसहित विधेयक सभामा पेश गर्ने कार्य सुची रहेको थियो ।

Advertisement

कांग्रेसले प्रतिवेदन कार्यसुचीबाट नहटाए सदनचल्न नदिने बताएपछि पहिलो पल्ट २० मिनेटको लागि सदन स्थगित गरिएको थियो । दोश्रो चरणको बैठक शुरु लगतै फेरी कांग्रेसले आफनो कुर्सीबाट उठेर विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले सदन स्थगित भएको घोषणा गरेका थिए ।

मनमोहन विराटनगरकै राजीनीति अगुवा नेता भएकोले उनको साखलाई उचो बनाउनुपर्ने कांग्रेसको ठहर छ । यो विधेयकको प्रतिवेदन सोमबार प्रदेश १ सामाजिक विकास समितिले बहुमतले पारित गरेको थियो ।

तर, कांग्रेसले उक्त प्रतिवेदन यही हालतमा पारित गर्न नहुने भन्दै नोट अफ डिसेन्ट लेखेको थियो । उक्तप्रतिवेदनअनुसार विश्वविद्यालयको ’बोर्ड अफगर्भनर्स’ लगायतका केहीबिषयमा संसोदनदर्ता गराएका थिए ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले समितिबाट विधेयक पारित भईसकेको अबस्थामा अझ थप छलफल गरी प्रतिपक्षको भावनालाई पनि समेटेर प्रतिवेदनसहितको विधेयक सहमतिमा पारित हुने जानकारी दिए ।

उनले दुई तिहाईको दम्भ सरकारमा नरहेकको भन्दै सबैलाई समेटेर अगाडी बढन सरकार सधै तयार रहेको बताएका थिए । प्रतिपक्षले विधेयकको मुलभूत चार वटा बिषयमा मात्र संसोधन गरेको भएपनि समितिले तयार पारेको प्रस्ताव ५४ बुँदा रहेकाले त्यो सरकारले स्वीकार गर्ने परिस्थिति नहरने मन्त्री घिमिरेले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top