३१ भदौ, विराटनगर ।
प्रदेश १ को प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले अवरुद्ध पारेको छ ।
प्रदेश सभाको मंगलबारको बैठक शुरु भए लगतै आफनो स्थानबाट उठेर काग्रेसले विरोध जनाएको थियो ।लगतै सभामुख प्रदीपकुमार भण्डारीले विपक्षलाई आफनो कुरा राख्न समय उपलब्ध गराएका थिए ।
नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रतिवेदनसहितको मनमोहन प्राविधिक विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक कार्य सुचीबाट हटाउन माग राखेका थिए ।
मुख्य सचेतक कार्कीले आफ्नो माग सम्बोधन नभए रोष्टम घेराउ गर्ने समेत चेतावनी दिएका थिए । मंगलवारको प्रदेश सभाको बैठकमा सामाजिक विकास समितिका सभापति सरिता थेवेले प्रतिवेदनसहित विधेयक सभामा पेश गर्ने कार्य सुची रहेको थियो ।
कांग्रेसले प्रतिवेदन कार्यसुचीबाट नहटाए सदनचल्न नदिने बताएपछि पहिलो पल्ट २० मिनेटको लागि सदन स्थगित गरिएको थियो । दोश्रो चरणको बैठक शुरु लगतै फेरी कांग्रेसले आफनो कुर्सीबाट उठेर विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले सदन स्थगित भएको घोषणा गरेका थिए ।
मनमोहन विराटनगरकै राजीनीति अगुवा नेता भएकोले उनको साखलाई उचो बनाउनुपर्ने कांग्रेसको ठहर छ । यो विधेयकको प्रतिवेदन सोमबार प्रदेश १ सामाजिक विकास समितिले बहुमतले पारित गरेको थियो ।
तर, कांग्रेसले उक्त प्रतिवेदन यही हालतमा पारित गर्न नहुने भन्दै नोट अफ डिसेन्ट लेखेको थियो । उक्तप्रतिवेदनअनुसार विश्वविद्यालयको ’बोर्ड अफगर्भनर्स’ लगायतका केहीबिषयमा संसोदनदर्ता गराएका थिए ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले समितिबाट विधेयक पारित भईसकेको अबस्थामा अझ थप छलफल गरी प्रतिपक्षको भावनालाई पनि समेटेर प्रतिवेदनसहितको विधेयक सहमतिमा पारित हुने जानकारी दिए ।
उनले दुई तिहाईको दम्भ सरकारमा नरहेकको भन्दै सबैलाई समेटेर अगाडी बढन सरकार सधै तयार रहेको बताएका थिए । प्रतिपक्षले विधेयकको मुलभूत चार वटा बिषयमा मात्र संसोधन गरेको भएपनि समितिले तयार पारेको प्रस्ताव ५४ बुँदा रहेकाले त्यो सरकारले स्वीकार गर्ने परिस्थिति नहरने मन्त्री घिमिरेले बताए ।