अफगानिस्तानमा राष्ट्रपतिको चुनावी र्यालीमा बम विष्फोट, २४ को मृत्यु

३१ भदौ ७६, मंगलबार

३१ भदौ, एजेन्सी । अफगानिस्तानमा एक चुनावी ‍र्यालीमा भएको बम विष्फोटमा कम्तिमा २४ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।

Advertisement

अफगानिस्तानको राजधानी काबुलको उत्तरमा परवान प्रदेशमा भएको चुनावी ‍र्यालीमा राष्ट्रपति अशरफ घनीले सम्बोधन गर्ने कार्यक्रम थियो । उक्त विस्फोटको समयमा घनी र्यालीमा पुगिसकेको भएपनि उनी सरक्षित रहेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो आत्मघाती विष्फोट हुन सक्ने अधिकारीहरुको भनाई छ ।

यसैविच, काबुलमै भएको अर्को एक बम विष्फोटमा कम्तिमा तीन जनाको मृत्यु भएको छ । दुबै विष्फोटको हालसम्म कसैले पनि जिम्मेवारी लिएको छैन।

Advertisement

तालिबानले आगामी २८ सेप्टेम्बरमा हुने राष्ट्रपति चुनाव विथोल्ने घोषणा गरेको छ। यस चुनावमा वर्तमान राष्ट्रपति अशरफ घनीले लगातार दोस्रो कार्यकालको लागि उम्मेदवारी दिएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top