१ असोज, काठमाडौंं ।
नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने थालेका छ । उक्त छुट बुधबारदेखि नै लागू भएको नेपाल एयरलाइन्सले जनाएको छ ।
सहप्रवक्ता सुलेख मिश्रले ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट बुधबारदेखि नै लिन पाउने निर्णय गरिएको बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय सार्वजनिक गरेका थिए । त्यहीअनुसार नेपाल एयरलाइन्सले उक्त निर्णय गरेको हो ।
यस्तै, निगमले दसैंका लागि अग्रिम बुकिङसमेत खुलाएको छ । अब यात्रुले आन्तरिक उडानका लागि अग्रिम बुकिङ गरी टिकट लिन सक्नेछन् ।