ग्लोबल गोलकिपर अवार्ड भारतिय प्रधानमन्त्रीलाई प्रदान गर्ने घोषणा विवादित

१ असोज,नयाँ दिल्ली ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रदान गर्न लागिएको ग्लोबल गोलकिपर अवार्डमा विवाद देखिएको छ ।

बिल र मेलिन्दा गेट्स फाउण्डेसनले प्रधानमन्त्री मोदीलाई ग्लोबल गोलकिपर अवार्ड दिने घोषणा गरेको छ । तर, यो घोषणापछि प्रतिष्ठित वकिल, मानवअधिकार कार्यकर्ता र समाजसेवीले बिल एण्ड मेलिन्दा गेट्स फाउन्डेसनको कडा आलोचना गरेका छन् ।

फाउण्डेसनको २४ सेप्टेम्बरमा भएको चौथो वार्षिक गोलकिपर्स ग्लोबल गोल्स अवार्डको क्रममा प्रधानमन्त्री मोदीलाई सम्मानित गरिने निर्णय गरिएको थियो । यो अवार्ड प्रधानमन्त्री मोदीको फ्लागशिप कार्यक्रम ‘स्वच्छ भारत’ अभियानलाई दिन लागिएको हो ।

Advertisement

सरकारको दाबी अनुसार यो कार्यक्रममार्फत् देशभरी लाखौं शौचालय निर्माण गरिएको छ र स्वच्छताप्रति मानिसले व्यापक जागरुकता देखाएका छन् । यद्यपि मोदीलाई अवार्ड दिने घोषणा गरिएपछि गेट्स फाउण्डेसनको आलोचना भइरहेको छ ।

सन् १९७६मा नोबेल शान्ति पुरस्कार विजेता मेरिड मैग्वेइरले गेट्स फाउण्डेसनलाई लेखेको पत्रमा भनिएको थियो, ‘‘हामीलाई यो थाहा पाएर निकै चिन्ता भएको छ कि बिल एण्ड मेलिन्दा गेट्स फाउण्डेसनले यो महिना भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई यो पुरस्कार दिँदैछ ।

Advertisement

नरेन्द्र मोदीको राजमा भारत खतरनाक र घातक अव्यवस्थाको तर्फ अघि बढिरहेको छ । जसको कारणबाट मानवअधिकार र लोकतन्त्र लगातार कमजोर भएका छन् । हामीलाई यो कुराले विशेष चिन्ता किन उत्पन्न भएको छ भने तपाईंहरुको फाउण्डेसनको घोषित मिसन जीवनलाई संरक्षित गर्नु हो । र, असमानतासँग लड्नु हो ।’’

यो पत्रमा उनीहरुले भारतमा अल्पसंख्यक (खासगरी मुसलमान, इसाई र दलित) माथि हमला बढेको र असम तथा काश्मीरमा मानवअधिकारको कथित उल्लंघनको बारेमा जानकारी गराउँदै फाउण्डेसनले प्रधानमन्त्री मोदीलाई पुरस्कार दिने बारेमा दोस्रो पटक विचार गर्न आग्रह समेत गरेको छ ।

मंगलबार समाजसेवामा जोडिएका दक्षिण एशियाली अमेरिकीको एक समूहले गेट्स फाउण्डेसनलाई खुलापत्र लेखेका थिए । सो पत्रमा मानवअधिकारको उल्लंघनको हवाला दिँदै प्रधानमन्त्री मोदीलाई पुरस्कार दिने निर्णयको आलोचना गरिएको थियो ।

पत्रमा भनिएको छ, ‘‘बितेको एक महिना भन्दा अधिक समयदेखि प्रधानमन्त्री मोदीले जम्मु काश्मीरका ८० लाख मानिसलाई नजरबन्दमा राखेका छन् । बाहिरी दुनियाँबाट त्यहाँ सञ्चार सम्पर्क हुन सकेको छैन ।

मिडिया कभरेज पनि बन्द छ । त्यहाँका बच्चासमेत हजारौं मानिस हिरासतमा रहेका छन् ।’’ पत्रमा अगाडि भनिएको छ, ‘‘भारतीय सुरक्षार्कीले स्थानीय मानिसलाई पिट्ने, यातना दिने र एक सानो बच्चाको हत्या समेत गरेको रिपोर्ट बाहिर आएको छ ।’’

यो पुरस्कारबाट भारत सरकारबाट भइरहेको मानवअधिकारको उल्लंघनमा अन्तर्राष्ट्रिय समुदायले मौनता देखाएको समेत जनाइएको छ ।

मोदीले लिएको नोटबन्दी समेतका कैयौं आर्थिक नीतिको पनि भारतमा आलोचना भइरहेको छ । पछिल्लो निर्णयबारेमा बिल गेट्सले चाहिँ स्वच्छ भारत मिसन भन्दा पहिला भारतमा ५० करोडभन्दा बढी मानिस समक्ष शौचालय नभएकोमा अहिले सुधार आएको जनाएका छन् ।

‘‘अझैपनि लामो बाटो तय गर्नुछ । तर पनि भारतमा मोदीको स्वच्छता अभियानको असर देखिइरहेको छ,’’ फाउण्डेसले मिडियालाई दिएको जवाफमा भनिएको छ ।

‘स्वच्छ भारत मिसनले दुनियाँभरीको अन्य देशको लागि एक उदाहरणका रुपमा काम गर्न सक्ने जनाउँदै यसले दुनियाँभरीका गरीबका लागि स्वच्छतामा सुधार गर्न भूमिका खेल्न सक्ने फाउण्डेसनले जनाएको छ । (बीबीसी)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top