अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारमा रोबर्ट ओब्राएन नियुक्त

१ असोज ७६, बिहीबार

२ असोज, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका छन् ।

केहीदिन अगाडि तत्कालीन सुरक्षा सल्लाहकारलाई हटाएपछि खाली भएको ठाउँमा राष्ट्रपति ट्रम्पले रोबर्ट ओब्राएनलाई नियुक्त गरेका हुन् ।

लस एन्जलसमा संवाददाताहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले आफु रोबर्टसँग लामो समय कडा काम गरेको र अहिले पनि उनले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्नेमा विश्वस्त रहेको बताए ।

Advertisement

गत हप्ता ट्रम्पले तत्कालीन सुरक्षा सल्लाहकार जोन बोल्टनलाई जिम्मेबारीबाट हटाएका थिए ।

राष्ट्रपति ट्रम्पले अहिलेसम्म आफूले नियुक्त गरेका दर्जनभन्दा बढी पदाधिकारीहरूलाई बर्खास्त गरेका छन् भने कतिपयले उनीसँग काम गर्न नसकेको भन्दै राजीनामा दिएका छन् ।

Advertisement

विदेश मन्त्रालयमा कार्यरत नवनियुक्त राष्ट्रिय सुरक्षा सल्लाहाकार रोवर्टसँग बैदेशक मामिलाबारे लामो अनुभव रहेको छ । आप्रवासन सम्बन्धि नीति र इरानसँगको तनावसँग कसरी जुध्ने भन्ने विषय रोवर्टको पहिलो जिम्मेवारी हुने छ ।

नियुक्तिपछि संवाददाताहरु बोल्दै राष्ट्रिय सुरक्षा सल्लाहाकार रोवर्टले थुप्रै चुनौतीहरुको सामना गर्नु परे पनि आफुसँग सहकार्य गर्ने ठूलो टिम रहेको बताए ।

सुरक्षित अमेरिका र सेनाको क्षमता अभिबृद्धिका लागि राष्ट्रपति ट्रम्पसँग मिलेर काम गर्ने उनको भनाइ थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top