‘कबड्डी कबड्डी कबड्डी’ले राख्यो नयाँ रेकर्ड, दुई दिने कलेक्सन ३.२५ करोड

४ असोज ७६, आइतबार

५ असोज, काठमाडौँ ।
चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले बक्स अफिसमा बम्पर सुरुवात गरेको छ । असोज ३ गते संविधान दिवसको दिन पारेर रिलिज भएको सो चलचित्र मल्टीप्लेक्स र सिंगल थिएटर स्क्रिनमा दोस्रो दिन पनि आक्रामक देखियो ।

चलचित्रले प्रदर्शनको दोस्रो दिनमा चलचित्रले १.७८ करोडको ग्रस कलेक्सन गर्दै नयाँ रेकर्ड राख्न सफल भएको छ । नेपाली चलचित्रले एक दिनमा गरेको यो सबैभन्दा उच्च कलेक्सन हो ।

रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ३’ल शनिवार राजधानीबाट ९२ लाख र मोफसलमा ८६ लाख व्यापार गरेको वितरक कम्पनी ‘स्टेसन ५’ले जानकारी दिएको छ । चलचित्रले पहिलो दिनमा १ करोड ४७ लाखको व्यापार गरेको थियो । यसरी चलचित्रको दुई दिने ग्रस कलेक्सन ३ करोड २५ लाख पुगेको छ । शुक्रवारको व्यापार र बलियो वर्ड अफ माउथलाई मध्यनजर गर्दै शनिवार देशैभर चलचित्रको लागि हल र शोज थपिएको थियो ।

चलचित्रमा दयाहाङ राई, उपासनासिंह ठकुरी, विल्सन विक्रम राई, कर्म, विजय बराल, बुद्धि तामाङ, माओत्से गुरुङ, लुनिभा तुलाधर, कविता आले, पुष्कर गुरुङ लगायत कलाकारहरूको अभिनय रहेको छ । सिनेमा आर्टको प्रस्तुतिसँग बाँसुरी फिल्मस् र माउन्टेन स्टोरिजले सहकार्यमा चलचित्र निर्माण भएको हो ।

निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेको कथामा मणिराम पोखरेल, अर्जुन कार्की र ओमनन्द रौनियारले लगानी गरेका छन् । त्यस्तै चलचित्रको सह–निर्मातामा रुदेन सदा लेप्चा रहेका छन् ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top