शान्तिका लागि साउदी अरेबियामाथि आक्रमण नगर्ने हुथी बिद्रोहीको प्रस्ताव

५ असोज, एजेन्सी । यमनमा संघर्ष गर्दै आएको हुथी बिद्रोहीले गरेको शान्तिको प्रस्तावलाई संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ ।

इरानको साथ पाएको हुथी बिद्रोहीले शान्ति प्रक्रियाका लागि आफ्नो तर्फबाट महत्वपूर्ण प्रयासका रुपमा साउदी अरेबियामाथि कुनै पनि प्रकारको आक्रमण नगर्ने प्रस्ताव गरेको हो ।

हुथीको तर्फबाट आएको प्रस्ताव सन् २०१५ को मध्यदेखि यमनमा जारी हिंसा अन्त्यका लागि महत्वपूर्ण सन्देश बन्न सक्ने संयुक्त राष्ट्रसंघले जनाएको छ ।

साउदी अरेबियाका दुई ठूला तेल प्रशोधन केन्द्रमा भएको ड्रोन तथा क्रुज मिसाइल आक्रमणको एक हप्तापछि हुथी बिद्रोहीले शान्तिका लागि आफ्नो तर्फबाट प्रस्ताव गरेको हो ।

सरकारी स्वामित्वका दुई ठूला तेल प्रशोधन केन्द्रमा सेप्टेम्बर १४ मा भएको आक्रमणको जिम्मा हुथी बिद्रोहीले लिएको छ । तर साउदी अरेबिया र अमेरिकाले भने सो आक्रमण इरानले गरेको बताउँदै आएका छन् । इरानले आरोप अस्वीकार गर्दै आएको छ ।

यमनमा चार वर्षदेखि जारी गृह युद्धका कारण हालसम्म १० हजार भन्दा बढीको ज्यान गएको छ । दशौँलाख मानिस भोकमरीको चपेटामा परेका छन् ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top