×

NEPAL TIMES UPDATES

Playing
सांसदलाई स्वर्णिमले के भने पढाए ?बालेन सरकारलाई औंला ठड्याएर खबरदारी || Nepal Times
Mar 17, 2026
Playing
इरानका वरिष्ठ सुरक्षा अधिकारी अली लारिजानी मारिएकै हुन् ?|| Nepal Times
Mar 17, 2026
Playing
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन तयार, कहिले सार्वजनिक ? || Nepal Times
Mar 17, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-03-2082 || Nepal Times
Mar 17, 2026
Playing
लामिछानेको मुद्दामा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ मा, सोही दिन फैसला || Nepal Times
Mar 17, 2026
Playing
अली लारीजानीसहित कयौं इरानी शीर्ष नेता मारिए?’समुन्द्री दैत्य’ ज ल्यो || Nepal Times
Mar 17, 2026
Playing
सीको किताब ज लाएको भन्ने घट नामा Chinaको चासो,कार बाही गर्न माग || Nepal Times
Mar 17, 2026
Playing
बालेन सरकारले के गर्नुपर्छ ? के गर्नुहुँदैन ?केही हुन्छ भन्ने पुनर्जन्म || Nepal Times
Mar 17, 2026
Playing
खाडीमा नेपाली,कस्तो छ सरकारको उद्धारको तयारी ? || Nepal Times
Mar 17, 2026
Playing
जतिसुकै आ*क्र*मण गरेपनि Iranको सत्ता नढल्ने अमेरिकी गुप्तचरको निष्कर्ष || Nepal Times
Mar 17, 2026

विश्वव्यापी तापमान वृद्धिका सूचक तथा प्रभावहरु देखिने क्रम थप तीव्र

६ आश्विन २०७६

६ असोज, एजेन्सी । विश्वव्यापी रुपमा भइरहेको तापमान वृद्धिका सूचक तथा प्रभावहरु देखिने क्रम थप तीव्र बन्दै गएको जलवायु परिवर्तनका सम्बन्धमा अध्ययन गरिरहेका वैज्ञानिकले बताएका छन् ।

अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा जलवायु परिवर्तन सम्बन्धी मुद्दामा विश्वका नेताहरुले छलफल गर्नु पूर्व सार्वजनिक भएको वैज्ञानिकहरुको अध्ययन प्रतिवेदनमा विगतको तुलनामा तापमान वृद्धिका सूचकहरु देखिने र त्यसको प्रभाव तीव्र भएको उल्लेख छ ।

Advertisement

विश्व मौसमविज्ञान संघ (डब्लुएमओ) सँगको सहकार्यमा तयार पारिएको तथ्यांकमा सन् २०१४ देखि २०१९ सम्मको पाँच वर्षको अवधि इतिहासमा सबैभन्दा गर्मी वा तातो वर्षका रुपमा रहेको देखिएको छ ।

यो अवधिमा समुद्र सतह स्पष्ट रुपमा महसुस हुने गरी बढेको तथा कार्बनडाइअक्साइडको उत्सर्जनको मात्रा नयाँ कीर्तिमानको स्तरमा पुगेको छ ।

कार्बन उत्सर्जन कम गर्नका लागि गरिने प्रयास तत्काल सघन बनाउनै पर्ने डब्लुएमओले उल्लेख गरेको छ । पछिल्ला वर्षका तथ्यांकहरुको विश्लेषण गरी तापमान वृद्धिका कारण तथा त्यसका प्रभावहरुको वैज्ञानिक अनुसन्धानलाई समावेश गरेर जलवायु परिवर्तन सम्बन्धी वक्तव्य जारी भएको हो ।

सन् १८५० यता विश्वको तापक्रम १.१ डिग्री सेन्टिग्रेडले बढेको छ । सन् २०११ देखि २०१५ को बिचमा विश्वव्यापी तापमान ०.२ डिसीले बढेको छ ।

कार्बन उत्सर्जनको मात्रा बढेकाले विश्वव्यापी रुपमा तापमान वृद्धि तीव्र भएको बताइएको छ । सन् २०१५ देखि २०१९ को अवधिमा कार्बनडाइअक्साइडसहितका ग्यासको उत्सर्जन अघिल्लो पाँच वर्षको तुलनामा २० प्रतिशतले बढेको जनाइएको छ ।

सबैभन्दा चिन्ताको विषय तीव्र रुपमा बढी रहेको समुद्री सतह रहेको जनाइएको छ । सन् १९९३ देखि हालसम्म समुद्र सतह औषत रुपमा ३.२ एमएमप्रति वर्षका दरमा बढेको छ । तर सन् २०१४ को मे देखि २०१९ मा प्रति वर्ष समुद्र सतहको वृद्धि दर ५ एमएम रहेको वैज्ञानिकले बताएका छन् । सन् २००७ देखि २०१६ अर्थात १० वर्षको अवधिमा यो दर प्रतिवर्ष ४ एमएम देखिएको थियो ।

समुद्र सतह बढ्ने क्रम तीव्र बन्दै गएको र अन्टार्क्टिका तथा ग्रिनल्याण्डमा हिउँ पग्लिने क्रम तीव्र हुनु गम्भीर चिन्ताको कारण रहेको डब्लुएमओका महासचिव पेत्तेरी तालासले बताएका छन् ।

तापमान वृद्धिका कारण सबैभन्दा बढी प्रभाव समुद्रमा पर्ने भन्दै प्रतिवेदनमा चिन्ता व्यक्त गरिएको छ । जलवायु परिवर्तनका कारण बढ्ने तापमानको ९० प्रतिशत प्रभाव पानीमै पर्ने उल्लेख छ ।

भर्खरको समाचार

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

सम्बन्धित खबरहरु

Scroll to Top