नरेन्द्र मोदी अमेरिका भ्रमणमा, ट्रम्पद्धारा मोदीको प्रशंसा

६ असोज,वासिङटन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार अमेरिकामा आयोजित एक कार्यक्रमलाई संयुक्त सम्बोधन गरेका छन् । भारतीय मूलका दशौँ हजार अमेरिकी नागरिक र हाल अमेरिकामा बसिरहेका भारतीय नागरिकको सहभागीता रहेको सो कार्यक्रमलाई उहाँहरुले संयुक्त सम्बोधन गरेको समाचारमा जनाइएको छ ।

सो कार्यक्रम टेक्सस राज्यको ह्युन्स्टनमा आयोजना गरिएको थियो । त्यस कार्यक्रममा उनीहरुलाई आयोजकले भव्य रुपमा स्वागत गरेका बताएको छ ।समाचारमा जनाइएअनुसार उक्त कार्यक्रममा करिब ५० हजार मानिस सहभागी रहेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीलाई गरिएको सो स्वागत कार्यक्रम र उक्त कार्यक्रममा भएको बृहत उपस्थितिबाट पनि यसलाई एक ऐतिहासिक कार्यक्रम भएको भनि टिप्पणी गरिएको छ ।

उक्त कार्यक्रममा बोल्ने क्रममा भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पको र अमेरिकी राष्ट्रपति ट्रम्पले बोल्ने क्रममा भारतीय प्रधानमन्त्री मोदीको प्रशंसा गरेका थिए ।प्रधानमन्त्री मोदीले सम्बोधनमा आफूले अमेरिकी राष्ट्रपति ट्रम्पलाई कैयौँ पटक भेट गरेको र उनमा आफूले आत्मीयता पाएको भनी टिप्पणी गरेका थिए ।त्यस क्रममा प्रधानमन्त्री मोदीले सन् २०२० मा अमेरिकामा हुने राष्ट्रपतीय निर्वाचनबाट फेरि पनि ट्रम्पको सरकार बन्ने धारणा राखेका थिए ।

Advertisement

पछि राष्ट्रपति ट्रम्पले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा हालैको लोकसभा निर्वाचनमा विजयी भएर भारतको प्रधानमन्त्रीमा नियुक्त भएकोमा भारतीय प्रधानमन्त्री मोदीलाई बधाई दिए ।राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदीको प्रसंशा गरे । उनले प्रधानमन्त्री मोदीका कारण भारतमा गरिबीबाट मुक्तिका क्षेत्रमा योगदान पुगेको बताए । (रासस र एएनआइ)

Advertisement
Advertisement

भर्खरको समाचार

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

सम्बन्धित समाचार

Scroll to Top