साफ यू–१८ फुटबलमा बंगलादेश सेमिफाइनलमा

५ असोज ७६, सोमबार

३ असोज, काठमाडौँ ।
बंगलादेश नेपालमा जारी तेस्रो संस्करणको साफ यू–१८ फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा भारतसँग गोलरहित बराबरी खेल्दै बंगलादेशले सेमिफाइनलको यात्रा तय गरेको हो ।

शसस्त्र प्रहरी बलको हलचोक रंगशालामा दुवै टोलीले गोलको अवसर खेर फाल्दा खेल बराबरीमा सकिएको हो । बल पोजिसनमा भारतले पकड जमाएपनि गोल गर्न भने सकेन । यस्तै खेलको चौंथो मिनेटमै भारतका पहिलो रोजाईका गोलकिपर प्रभ्सुखान सिंह घाइते भएका थिए । बंगलादेशका खेलाडीसँग जुध्न पुग्दा घाइते भएका सिंहलाई हस्पिटल लगिएको थियो । यो बराबरीसँगै समूह ’बी’ को बंगलादेशले २ खेलमा ४ अंक जोडेको छ । र, यस समूहबाट सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ ।

बंगलादेशले आफ्नो पहिलो खेलमा श्रीलंकालाई ३–० गोल अन्तरले पराजित गरेको थियो । भारतको पनि सेमिफाइनलमा पुग्ने सम्भावना रहेको छ । बराबरीसँगै भारतले १ अंक जोडेको छ । भारतले अब बुधबार श्रीलंकासँग खेल्नेछ । उक्त खेलपछि सेमिफाइनल पुग्ने अर्को टोलीको तय हुनेछ । भारतलाई सेमिफाइनल पुग्न श्रीलंकासँग बराबरी खेले पुग्नेछ । श्रीलंकालाई भने जित्नै पर्ने दबाब छ । अहिले सम्म श्रीलंका अंकविहिन रहेको छ । प्रतियोगिता अन्तर्गत मंगलबार भुटान र माल्दिभ्सबीच खेल हुनेछ ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top