गौतम बुद्ध विमानस्थलः प्राविधिक उपकरण उडान र टर्मिनल भवनको काम अन्तिम चरणमा

७ असोज ७६, मंगलबार
Share this
695shares

७ असोज, काठमाडौँ । यहाँ निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका मुख्य संरचना तयार भएका छन् । प्राविधिक उपकरण उडान र टर्मिनल भवनको अन्तिम चरणको काम चलिरहेको छ ।

Advertisement

‘भौतिक पूर्वाधार निर्माण (सिभिल) तर्फका मुख्य संरचना तयार भइसकेका छन्,’  िवमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले भने,‘मौसमले साथ दिएमा आगामी दिसेम्बरसम्ममा विमानस्थल सञ्चालनका लागि योग्य बनाउनेछौं ।’

केही दिनयता भइरहेको वर्षाका कारण आयोजनास्थलको बाहिर क्षेत्रको काम भने रोकिएको छ । वर्षाले दैनिक एक सयभन्दा मजदुर कामविहीन छन् ।

Advertisement

हिलेसम्म तीन हजार मिटर लामो धावनमार्ग, तीनवटा ट्याक्सी वे, विमान पार्किङ क्षेत्र, टर्मिनल भवन, आठतले कन्ट्रोल रुम र प्रशासनिक भवन तयार भएका छन् । यी संरचनामा रंगरोगनका काम भइसकेको छ । यो समाचार कान्तिपुर दैनिकमा माधव ढुंगानाले लेखेका छन्  ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top