चलचित्र ‘छक्का पन्जा २’ युट्युबमा रिलिज (भिडियो)

चलचित्र ‘छक्का पन्जा २’ युट्युबमा रिलिज (भिडियो)

७ असोज, काठमाडौँ ।
चलचित्र ‘छक्का पन्जा २’ युट्युबमा रिलिज गरिएको छ । हलमा रिलिज भएको लामो समयसम्म पनि इन्टरनेटमा रिलिज नगएिको सो चलचित्र सोमबार राती हाइलाईट्स नेपालको आधिकारिक युट्युब च्यानलबाट रिलिज गरिएको हो ।

हलमा ब्लकबस्टर साबित भएको यस चलचित्र हलमा हेर्न जान छुटेका दर्शकले युट्युबमा नआउँदा निकै गुनासो गरिरहेका थिए । रिलिज भएसँगै दर्शकले चलचित्र लाई लिएर निकै उत्साहित भएको प्रतिक्रिया दिइरहेका छन् ।

दिपाश्री निरौलाले निर्देशन गरेको चलचित्रमा दीपकराज गिरि, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, जितु नेपाल लगायतका कलाकारको अभिनय रहेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.