७ असोज, काठमाडौँ ।
चलचित्र ‘छक्का पन्जा २’ युट्युबमा रिलिज गरिएको छ । हलमा रिलिज भएको लामो समयसम्म पनि इन्टरनेटमा रिलिज नगएिको सो चलचित्र सोमबार राती हाइलाईट्स नेपालको आधिकारिक युट्युब च्यानलबाट रिलिज गरिएको हो ।
हलमा ब्लकबस्टर साबित भएको यस चलचित्र हलमा हेर्न जान छुटेका दर्शकले युट्युबमा नआउँदा निकै गुनासो गरिरहेका थिए । रिलिज भएसँगै दर्शकले चलचित्र लाई लिएर निकै उत्साहित भएको प्रतिक्रिया दिइरहेका छन् ।
दिपाश्री निरौलाले निर्देशन गरेको चलचित्रमा दीपकराज गिरि, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, जितु नेपाल लगायतका कलाकारको अभिनय रहेको छ।









