मातृका यादवले मन्त्री पद नछाड्ने, काम गर्ने स्टाईल परिर्वतन

मातृका यादवले मन्त्री पद नछाड्ने, काम गर्ने स्टाईल परिर्वतन

७ असोज, विराटनगर ।

उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मातृकाप्रसाद यादवले यसपटकको बजार विगतको चाडपर्वभन्दा ब्यवस्थित हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसंग कुराकानीगर्दै उनले बजारलाई ब्यवस्थितगर्न आवश्यक पहल थालिसकिएको बताए । उनंले चाडपर्वमा हुने कालाबजारी र मिसाबट नियन्त्रणगर्न प्रदेश सरकार र स्थानियतहलाई आग्रह गरिएको बताए ।

मन्त्रालय एक्लैले अनुगमन गर्न नसक्ने भएकाले प्रदेशका मन्त्री तथा पालिका प्रमुखहरुलाई मन्त्रालयमै बोलाएर बजारलाई ब्यवस्थितगर्न आग्रह गरिसकिएको उनले जानकारी दिए ।

सञ्चारकर्मीले राखेको एक प्रश्नको जवाफ दिदै उनले पछिल्लो समय आफुले कामगर्ने स्टाइलमा परिवर्तन गरेको बताए । उनले यसअघि आफुले माओबादी स्टाईलमा कामगर्दै आएपनि पछिल्लो समय नेकपा स्टाइलले काम गरिरहेको बताए ।

मन्त्री यादवले आफुले मन्त्री पद छाडेर जाने हल्ला मात्र चलेको बताउदै पार्टी वा प्रधानमन्त्रीले नहटाएसम्म पद नछाड्ने जानकारी दिए । पाएको पद हठा्त छाडदा जनतामा आफु प्रति अविश्वास बढेका कारण आफ्नै चित्त नबुझेपनि आफुले काम गरिरहने बताए ।

मन्त्री यादवले सरकारले गरेका राम्रा कामहरु जनताको घरदैलोसम्म पु¥याउन नसकेको कारण सरकारप्रति केहि भ्रमहरु फैलिएको दाबी गरे । तल्लो तहसम्म पार्टी परिचालित हुननसकेका कारण त्यस्तो अवस्था आएको उनको भनाई थियो ।

गणतन्त्रलाई मेटाउन खोज्ने र त्यसका बिरुद्ध जानेहरु आफै सिद्धिएर जाने उनले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.