स्पेनिस ला लिगामा बार्सिलोना र रियल बेटिस विजयी

७ असोज ७६, बुधबार

८ असोज, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । बुधबार बिहान भएको खेलमा भिल्लारियलमाथि बार्सिलोनाले २–१ गोलको जित निकालेको हो ।

अघिल्लो साता ग्रानाडासँग पराजित भएको बार्सिलोनाको प्लेयिङ सेटमा सुरुमै लियोनल मेस्सीले खेलेका थिए । तर उनी दोस्रो हाफमा भने रिप्लेस भएका थिए ।

पहिलो हाफको छैटौँ मिनेटमा मेस्सीको सहयोगमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । आर्थर रामोसले १५ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए ।

मेस्सीका साथै लुइस स्वारेज पनि सुरुकै प्लेयिङ सेटमा रहेका थिए । भिल्लारियलका लागि सान्टियागो गोन्जालेजले गोल गर्दै अग्रता २–१ मा झारे पनि हार भने टार्न सकेनन् । जितसँगै बार्सिलोना ला लिगाको चौथो स्थानमा उक्लिएको छ ।

मंगलबार राति भएको अर्को खेलमा रियल बेटिसले लेभान्टेलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । रियल बेटिसले १ गोलको अग्रता उल्टाउँदै बेटिसले ३ गोल थपेको थियो । हेरनानी फोरटेजले सातौं मिनेटमा गोल गर्दै सुरवाती अग्रता दिलाएका थिए । लोर्नेज मोरोजले पहिलो हाफको इन्ज्योरी समयमा गोल गर्दै बराबरी गोल गरेका थिए ।

दोस्रो हाफको सुरुमै मोरोजले व्यक्तिगत दोस्रो गोल गरेपछि रियल बेटिसले २–१ को अग्रता बनायो । बोर्जा इग्लेसियाले ६७ औं मिनेटमा गोल गरेपछि ३–१ गोलको जित दिलाउन सफल भए ।

यस्तै, अर्को खेलमा रियल भालाडोलिड र ग्रानाडाले एक एक गोलको बराबरी खेलेका छन् । गएको साता बार्सिलोनालाई पराजित गरेको ग्रानाडाले १ गोलको अग्रता उल्ट्याउँदै भालाडोलिडसँग अंक खोस्न सफल भएको हो ।

ओस्कार प्लानोले १२ औं मिनेटमा गोल गर्दै भालाडोलिडले अग्रता बनाएको थियो । ४२ औं मिनेटमा कार्लोस फर्नान्डेजले गोल गर्दै ग्राण्डालाई खेलमा फर्काएका थिए । त्यसपछि थप गोल नभएपछि दुवै टिम एक–एक अंक लिन बाध्य भए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top