सभामुखसँग काम गर्न सहज हुँदै गएको उपसभामुखहरुको निष्कर्ष

७ असोज ७६, बुधबार

८ असोज,काठमाण्डौं ।

संघीय संसद र प्रदेश सभाका उपसभामुखहरुले सभामुखसँग काम गर्न सहज हुँदै गएको निष्कर्ष निकालेका छन् ।

संघीय संसद र सबै प्रदेशका उपसभामुखहरुको मंगलबार काठमाडौंमा बसेको संयुक्त बैठकले सभामुखसँग काम गर्न सहज हुँदै गएको निष्कर्ष निकालेको हो ।

Advertisement

उनीहरुले सभामुखसँगको आफूहरुको सहयोगी भूमिकालाई अझै प्रभावकारी बनाएर लैजाने प्रतिवद्धता पनि जनाएका छन् ।

डेढवर्षको अनुभवले सभामुखसँग काम गर्न सहज हुँदै गएको निष्कर्षमा पुगिएको प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिइन ।

Advertisement

बुधबार काठमाडौंमा संचारकर्मीमाझ उनले आफूहरुको भूमिकालाई अझै प्रभावकारी बनाउँदै लैजाने निष्कर्ष निकालिएको पनि स्पष्ट पारिन ।

सूदुरपश्चिम प्रदेश सभाकी उपसभामुख निर्मला बडाल जोशीले सभामुखको सहयोगी भूमिकालाई अझै प्रभावकारी बनाउने विषयमा उपसभामुखहरुबीच छलफल गरिएको बताइन ।

उनले यो छलफलले आफूहरुको भूमिकालाई प्रभावकारी बनाउन सहयोग पु¥याउने विश्वास पनि व्यक्त गरिन ।
उपसभामुखहरुको बैठकमा संसदीय भाषाको प्रयोगका विषयमा पनि छलफल गरिएको थियो ।

उपसभामुखहरुले बोल्ने भाषा कसरी सन्तुलित बनाउन सकिन्छ ? भन्ने विषयमा पनि छलफल गरिएको कर्णाली प्रदेश प्रदेश सभाकी उपसभामुख पुष्पा विष्टले जानकारी दिइन् ।

गत वर्षको भाद्र ३ गतेदेखि नै संघीय संसद र प्रदेश सभाको अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ दुवै संसदका उपसभामुखहरुबीच संयुक्त छलफल हुँदै आएको छ ।

संवैधानिक व्यवस्था अनुसारका आ– आफ्ना जिम्मेवारीलाई पूरा गर्न दुवै संसदमा उपसभामुखहरुबीच छलफल हुने गरेको राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालले जानकारी दिइन ।

बैठकमा प्रतिनिधिसभाकी उपसभामुख तुम्बाहाङफे, राष्ट्रिय सभाकी उपाध्यक्ष दाहाल, प्रदेश २ प्रदेशसभाकी उपसभामुख उपमा कुमारी देव, गण्डकी प्रदेश प्रदेशसभाकी उपसभामुख सृजना शर्मा, कर्णाली प्रदेशकी प्रदेशसभा उपसभामुख विष्ट र सूदुरपश्चिम प्रदेश प्रदेशसभाकी उपसभामुख जोशीको सहभागिता रहेको थियो ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top