दुई कम्युनिष्ट पार्टीको विचारधारात्मक बैठक: सिक्ने र सिकाउने ऐतिहासिक अवसर

८ असोज ७६, बिहीबार

८ असोज, काठमाडौँ । 

नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीले पहिलो पटक विचार आदानप्रदान गर्ने गरी काठमाडौँमा आयोजना गरेको विचारधारात्मक बैठक आपसमा सिक्ने र सिकाउने ऐतिहासिक अवसर बन्न पुगेको नेकपाका नेताहरुले बताएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा वर्तमान राष्ट्रपति सी चिन फिङको विचारधाराबारे चिनियाँ र नेपाल कम्युनिष्ट पार्टीको धारणा तथा नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीबीच विचारधारात्मक छलफल सोमबार र मङ्गलबार यहाँ आयोजना भएको थियो । बैठकमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित उच्चस्तरका नेता एबं चिनिया कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओसहितका नेता तथा विज्ञको सहभागिता थियो ।

Advertisement

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय पार्टी स्कूल विभाग र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको संयुक्त आयोजनामा भएको उक्त बैठक विचार र आपसी सिकाई आदानप्रदानका हिसाबले महत्वपूर्ण भएको नेताले प्रतिक्रिया दिएका छन् ।

नेपाल र चीनको ७० वर्ष पुरानो भाइचाराको सम्बन्ध रहेको र नेपाल चीन सम्बन्ध राजकीय पार्टी हुनुको नाताले मात्रै होइन, विचारधारात्मक दृष्टिकोणले पनि उच्च रहेको नेकपाका केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले बताए ।

Advertisement

उनले चिनियाँ कम्युनिष्ट पार्टीको आठौँ महाधिवेशनमा भाग लिन जाँदा मनमोहन अधिकारीलाई माओत्सेतुङ स्वयंले विमानस्थलमा स्वागत गर्नुभएको प्रसङ्ग जोड्दै दुई पार्टीबीचको सम्बन्ध कति पुरानो थियो भन्ने प्रष्ट हुने बताए ।

क्रान्तिको चरण माओत्सेतुङको नेतृत्वमा भयो भने चिनियाँ विशेषतासहितको समाजवाद त्यसपछिका नेताहुँदै सी चिन फिङसम्म आइपुगेको छ । पार्टी स्थापनाको १०० वर्ष र नयाँ चीन निर्माण गरेर अगाडि बढेको ७० वर्ष पुगेको उपलक्ष्यमा आयोजना भएको यो ऐतिहासिक कार्यक्रम सिकाइको महत्वपूर्ण चरण भएको नेता थापाको विश्लेषण छ ।

‘यो विचारधारात्मक छलफल हो, चिनियाँ कम्युनिष्ट पार्टीले प्रशिक्षण दिएको भन्ने हिसाबले अपव्याख्या गरिएको छ, त्यो होइन, चीन समृद्धि, आधुनिकीकरण, विकास र गरीबी निवारणको जुन उचाइमा पुगेको छ, हाम्रो जस्तो विकासशील र कतिपय अल्पविकसित राष्ट्रका लागि ती अनुभवहरु महत्वपूर्ण हो’, थापाले भने ।

सन् २०१३ बाट चीनले शुरु गरेको नयाँ योजना वेल्ट एण्ड रोड इनिसियटिभ (विआरआई) ले संसारका विभिन्न देशलाई एउटै कनेक्टीभिटीमा जोडेर जुन विकास विस्तारको कुरा अगाडि बढाएको छ, त्यसको सहभागी छिमेकी देश र हिमालय वारपारको सम्बन्ध भएको देशका हिसाबले पनि चीनसँग महत्वपूर्ण र समस्यारहित सम्बन्ध नेपालसँग रहेको नेताको भनाइ छ ।

अहिलेको कार्यक्रम चिनियाँ अनुभव हामीले र हाम्रा अनुभव चिनियाँ पक्षले सिक्ने र सिकाउने मात्रै भएकाले अब सी को विचारधारामा ढल्कियो भनेर मित्थ्याको चर्चा गरिएको उल्लेख गर्दै नेता थापाले भने, ‘हामीले ‘सी’ को विचारधारा चिनियाँ अनुभवका रुपमा मात्रै लिएका छौँ, त्यो विचारधारालाई अवलम्बन गर्ने कुनै छलफलको विषय बनेको छैन, चीनलाई बलियो बनाउने चिजबाट सिक्नुपर्ने धेरै छ, यसले पार्टी–पार्टीस्तरको सम्बन्धलाई पनि अझै उचाईमा पुर्याउँछ ।’

नेताहरुले ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्यका साथ अगाडि बढेको नेपालका लागि आधुनिकीकरण, विकास, गरीबी निवारण र पछौटेपनको अन्त्यका निम्ति चिनियाँ अनुभव सिक्न लायक रहेको बताएका छन् ।

नेकपाका स्थायी कमिटी सदस्य पम्फा भूषालले पहिलो पटक आयोजना गरिएको छलफल ऐतिहासिक भएको स्मरण गर्दै चीनबाट सिक्ने यो महत्वपूर्ण अवसरको रुपमा लिएको बताइन् । उनले भनिन्, ‘वैचारिक राजनीतिसँगै समाजवाद निर्माणमा आर्थिक, सामाजिक, साङ्गठनिक विधि र परिचालनका सम्बन्धमा यसले हामीलाई पुनः स्मरण गरिदिएको छ ।’

अर्का स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले आर्थिक विकासलाई कसरी अगाडि बढाउने भन्नेमा चिनियाँ अनुभवले नेपालमा ठूलो भूमिका खेल्ने बताए । ‘स्वभाविक रुपमा चीनको आर्थिक विकासको स्थिति के हो ? पार्टी अनुशासन कसरी पालना गर्नुपर्छ रु पार्टीका नेताले जनतासँग कस्तो सम्बन्ध बनाउनुपर्छ भन्ने कुरा यो रेफरेन्स हो, उनीहरुको अनुभव लिने हो, आफूलाई अनुकूलअनुसार प्रयोग गर्ने र त्रुटि सच्याउने हो ।’

नेकपाको स्कूल विभागका उपप्रमुख देवेन्द्र पौडेलले चीनबाट अनुभव सिक्ने कुरा गरेको भन्दै सी चिन फिङको विचार मान्ने कुरा नगरेको उल्लेख गर्दै यसअघि पनि विभिन्न पार्टीसँग अन्तरक्रिया गर्दै आएको जानकारी गराए ।

उक्त बैठकमा सहभागी हुँदै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, पार्टीको स्कूल विभाग प्रमुख ईश्वर पोखरेललगायतका नेताहरुले छिमकी चीनको समृद्धि र विकासको नमूना अनुशरणयोग्य रहेको, नेपाली मौलिकताको समृद्धिका लागि यस्ता कार्यक्रम उपलब्धिपूर्ण हुने र दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका सदस्य काउ लीले सी चिन फिङको विचारधारा भनेको नयाँ युगको चिनियाँ विशेषतायुक्त विचारधारा भएको उल्लेख गर्दै दुई पार्टीबीचको पहिलो छलफल वैचारिक आदानप्रदानका हिसाबले कोशेढुङ्गा सावित भएको स्मरण गरेका छन् ।

उक्त बैठकमा चिनियाँ विशेषतासहितको समाजवाद, चीनको गरीबी निवारणमा भएको प्रयास, विआरआइ र यसको उद्देश्य, भ्रष्टाचार नियन्त्रण र आर्थिक विकासमा चीनले गरेका क्रियाकलापका बारेमा चिनियाँ विज्ञ तथा कम्युनिष्ट पार्टीका विदेश विभागका सदस्यहरूले प्रस्तुति दिएका थिए । टोली आज स्वदेश फर्किएको छ ।–नारायण ढुङ्गाना /रासस

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top