उराँव समुदायको सबैभन्दा ठूलो पर्व कर्माधर्मा सम्पन्न

९ असोज,विराटनगर ।
विराटनगरका उराँव समुदायले आफ्नो सबैभन्दा ठूलो पर्व कर्माधर्मा सम्पन्न गरेका छन् । विराटनगर–४ सखुवारे टोलका उराँव समुदायले विहीबार साङे गर्दै यो पर्व सम्पन्न गरेका छन् । समुदायका मानिसहरु एकत्रित भइ पजापाठ,नाचगान,भोजभतेर र एकअर्कामा खुशियाली साटासाटगर्दै कर्माधर्मा सम्पन्न गरेका छन् ।

यो पर्वमा जमरा राखेपछि सात दिनसम्म प्रत्येक बेलुका एकएक घन्टा जातिय नृत्य गर्दै मनोरञ्जन गर्ने गरिन्छ । जमरा राखिएको एक साता पछि जंगलबाट करम रुखको हाँगा ल्याएर पारम्परिक विधिविधान अनुसार पुजापाठ गरिन्छ । गाँउ टोलको चोकमा पुजास्थलको निर्माण गरेर करमको हाँगालाई मिठाई र जाँड चढाएर पुजापाठ गरिन्छ ।

यो पुजामा करमको हाँगा नजिक धान,गहुँ र मकै लगायतका आफ्नै खेतमा उब्जिएका खाद्यान्न राखेर पुजा गरिन्छ र त्यो समुदायका सबै घरहरुमा प्रसादको रुपमा वितरण गर्ने प्रचलन रहेको स्थानिय सत्यनारायण उराँवले जानकारी दिए । २ दिनसम्म साङे गर्दै अन्तिम दिन भोजभतेर र नाचगान गर्दै यो पर्व समापन गरिन्छ । यो पर्वमा बालबालिकालाई नयाँ लुगा किनिदिने तथा अल्लोपल्लो गाँउका नातेदारलाई आमन्त्रण समेत गरिन्छ ।

यो पर्व मनाए रोगब्याधि नलाग्ने र खेतमा राम्रो उब्जनी हुने विश्वास गरिन्छ । अषाढदेखी कात्तिक महिनाभित्र आफ्नो अनुकुलता अनुसार यो पर्व मनाउने चलन रहेको स्थानिय कविता उराँवले बताइन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top