युवा उद्यमीहरु बढदै गएकोमा उद्योगमन्त्री खुसी

१० असोज ७६, शुक्रबार

१० असोज, काठमाडौं ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा युवा उद्यमीहरु बढदै गएकोमा खुसी व्यक्त गरेका छन् ।

Advertisement

मन्त्री यादवले युवा उद्यमीमार्फत् स्वदेशी उत्पादनलाई बढावा दिन सरकारले आवश्यक वातावरण बनाई दिने प्रतिवद्धता पनि व्यक्त गरे ।

उनले सरकारले स्वदेशी उत्पादन र त्यसको बजारीकरणका लागि अन्तराष्ट्रिय मेलाहरुमा नेपाली बस्तुहरुको सहभागिता बढाउन सक्दो पहल गर्ने सरकारको नीति रहेको पनि स्मरण गराए ।

Advertisement

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी भएका मन्त्री यादवले संचारकर्मीमाझ मुलुकमा उद्योग विकासका शुभसंकेतहरु देखिएको गएको उल्लेख गर्दै त्यसको विकासका लागि आवश्यक सबै खालको सहजीकरण गरेर अघि बढन सरकार तयार रहेको पनि बताए ।

त्यसका लागि सरकारले स्वदेशी बस्तुको उत्पादनलाई जोड दिईरहेको पनि मन्त्री यादवको दावी छ । मन्त्री यादवले मुलुकमा भईरहेको औद्योगिक मेलाहरुले पनि उद्यम विकासमा महत्वपूर्ण योगदान पु¥र्याइरहेको पनि स्पष्ट पारे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top