पुल्चोकमा अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र बन्ने

१० असोज ७६, शुक्रबार

१० असोज, काठमाडौं ।

Advertisement

सरकारले ललितपुरको पुल्चोकमा अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाउने तयारी गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले पुल्चोकस्थित साझा यातायातको कार्यालय भवन वरपर अन्तराष्ट्रिय स्तरको सम्मेलन बनाउने गरी जग्गाको खोजी कार्यलाई अघि बढाइएको जानकारी दिएका हुन् ।

Advertisement

उनले ललितपुरमै ‘सांसद आवास भवन’ निर्माण गर्ने सोचाई पनि सरकारले बनाएको बताए ।

शुक्रबार ललितपुरको पाटनमा आयोजित ललितपुर उद्योग वाणिज्य संघको ४० औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री खतिवडाले सरकारले समग्रतामा ललितपुर जिल्लालाई आधुनिक सहरको रुपमा विकास गर्न चाहेको पनि बताए ।

Advertisement

अर्थमन्त्री खतिवडाले ललितपुर कला र संस्कृतिको हिसावले पनि अधिक सम्भावना भएको जिल्ला भएको हुनाले त्यसको विकासमा सरकार प्रतिवद्ध भएर लागि परेको दावी पनि गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top