फिफा विश्वकप छनौट खेल्ने खेलाडीको विदाई

१४ असोज ७६, बुधबार

१४ असोज, काठमाडौँ ।
सन् २०२२ कतारमा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको मंगलबार विदाई भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार अष्ट्रेलियासँग खेल्ने नेपालीलाई एक कार्यक्रम गरी विदाई गरेको हो ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले विदाई गरेका हुन् । विदाई कार्यक्रममा नेपाली टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक रणनीति अनुसार सुखद नतिजाका लागि खेल्ने बताए । विदाई कार्यक्रममा आफ्नो मन्तब्य राख्ने क्रममा नेपाली टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक रणनीति अनुसार सुखद नतिजाका लागि खेल्ने बताए ।

कप्तान चेम्जोङले दशरथ रंगशाला समयमा नै बनोस् भन्दै घरेलु समर्थक माझ आफूहरु खेल्न आतुर रहेको बताए । भूकम्पले भत्काए पछि दशरथ रंगशालामा कुनै प्रतियोगिता भएको छैन साथै पुननिर्माणको काम भइरहेको छ । यस्तै कुवेतसँगको खेल पछि आराम पाएका नवयुग श्रेष्ठ र अजित भण्डारी टोलीमा फर्किएका छन् । छनोटको समूह ‘बी’ मा रहेको नेपालले असोज २३ गते अष्ट्रेलियासँग उसैको मैदानमा छनोट खेलको आफ्नो तेस्रो खेल खेल्दैछ ।

Advertisement

अस्ट्रेलियासँगको खेल पछि टोली अस्ट्रेलियाबाट असोज २८ गते जोर्डन सँग हुने खेलका लागि जानेछ । यस समूहमा २ खेलमा ३ अंक जोडेको नेपाल चौंथो स्थानमा रहेको छ । छनोटको पहिलो खेलमा नेपाल कुवेतसँग उसैको मैदानमा ७–० को फराकिलो अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा चाईनिज ताइपेलाई २–० ले हराएको थियो ।

नेपालसँगै समूह ‘बी’ मा रहेको अष्ट्रेलिया १ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ । यस समूहमा २ खेलमा ३ अंक जोडेको कुवेत शीर्ष स्थानमा छ । ३ अंक जोडेको जोर्डन तेस्रो र अंकविहिन ताइपे पुछारमा रहेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top