×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अफगानिस्तानी तालिवानले उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तान पठाउने

१५ आश्विन २०७६

१५ असोज, एजेन्सी । अफगानिस्तानको विद्रोही समूह तालिवानले एक उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामावाद पठाउने घोषणा गरेको छ ।

रसिया, चीन, पाकिस्तान र इरानको भ्रमण गर्ने यसअघिकै घोषणा बमोजिम प्रतिनिधिमण्डललाई पाकिस्तान पठाउन लागिएको हो । एक महिनाअघि संयुक्तराज्य अमेरिकासँगको वार्ता एकाएक भंग भएपछि तालिबान समूहले अफगानिस्तानमा भिषण हमलाहरु गर्नुका साथै विभिन्न देशसँग वार्ताका लागि समर्थन जुटाउने कार्यलाई निरन्तरता दिएको छ ।

Advertisement
Advertisement

तालिवान प्रवक्ता सुहैल शाहीनका अनुसार तालिबानका सहसंस्थापक तथा कतारको दोहास्थित राजनीतिक कार्यालयका प्रमुख मुल्लाह अब्दुल घानी बरादरले ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । प्रतिनिधिमण्डलले इस्लामावादमा पाकिस्तानी उच्च अधिकारीहरुसँग वार्ता गर्नेछ ।

पाकिस्तानी सञ्चारमाध्यमहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अफगान विशेषदूत जाल्मे खलिलजाद पाकिस्तानी अधिकारीहरुसँग वार्ताका लागि इस्लामावादमा रहेको खबर सार्वजनिक गरेसँगै तालिबान समूह पनि पाकिस्तान भ्रमणमा आएको छ ।

पाकिस्तानको विदेश मन्त्रालय वा पाकिस्तानस्थित अमेरिकी राजदूतावासले तालिवानको भ्रमण र खलिलजादका विषयमा केही टिप्पणी गरेका छैनन् । पाकिस्तानले अमेरिकासँग कुनै किसिमको सहमति गर्नुअघि काबुलसँग वार्ता गर्न तालिवानलाई मनाउने प्रयत्न जारी राखेको छ ।

Advertisement
Advertisement

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानको काबुलमा तालिवानले गराएको कार बम विस्फोटमा एक अमेरिकी सैनिकको मृत्यु भएसँगै तालिवानसँगको शान्ति वार्ता समाप्त भएको भन्दै वार्ता नगर्ने घोषणा गरेका थिए ।

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top