ईप्पानद्वारा दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा

१५ असोज, काठमाडौं । आन्दोलनरत स्वतन्त्र उर्जा उत्पादक संघ, नेपाल (ईप्पान) ले आफ्ना मागको सुनुवाई नगरेको भन्दै सरकारविरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

Advertisement

रुग्ण जलविद्युत आयोजनाका लागि सहुलियत उपलब्ध गराउनुपर्ने मुख्य मागसहित आन्दोलनरत इप्पानले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्ना माग सुनुवाई समेत नगरेको भन्दै सरकारविरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईँले आफूहरुको माग पूरा नगरे रुग्ण २५ वटा जलविद्युत आयोजनाहरुको चावी कार्तिक १ गते सरकारलाई बुझाउने चेतानवीसहित दोस्रो चरणको आन्दोलनको कार्यक्रम सुरु गरिएको स्पष्ट पारे ।

Advertisement

बैंकको ब्याजदर ४० प्रतिशत वृद्धि गरिएको, विद्युत खरिद दरमा तथा प्रशारण लाईनमा देखिएका समस्या तत्काल समाधान गर्न माग गर्दै इप्पानले आन्दोलन गर्दै आएको छ । ती समस्याहरु समाधानका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने लगायतका दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ ।

आफ्ना सो माग तत्काल सम्बोधन नभए कार्तिक १ गते २५ वटा रुग्ण जलविद्युत आयोजनाहरुको चावी सरकारलाई बुझाउने इप्पानको चेतावनी छ ।

Advertisement

अध्यक्ष गुरागाईँले सरकारले आफ्ना मागहरु सम्बोधन नगरेकाले कडा आन्दोलनमा जानुपर्ने अवस्था आएको पनि बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top