यू–१९ प्रशिक्षकमा मेघराज केसी नियुक्त

यू–१९ प्रशिक्षकमा  मेघराज केसी नियुक्त

१५ असोज, काठमाडौँ ।
अखिल नेपाल फुटबल संघले यू–१९ राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा मेघराज केसीलाई नियुक्त गरेको छ । संघले बुधबार ‘ए’ डिभिजन क्लब रुसलन थ्री स्टारका समेत प्रशिक्षक रहेका मेघाज केसीलाई नियुक्त गरेको जानकारी गराएको हो ।

अब केसीले यू–१९ टोलीलाई एएफसी यू–१९ छनोटमा प्रशिक्षण दिनेछ । छनोट इरानमा नोभेम्वर ६ बाट शुरु हुदैछ । दुईपटककको च्याम्पियन नेपाल घरेलु मैदानमा एकसाताअघि सम्पन्न साफ यू–१८ फुटबल च्याम्पियनसिपमा खराब प्रदर्शनसहित समूह चरणबाट बाहिरएसँगै यु–१८ का प्रशिक्षक चेत नारायण श्रेष्ठले राजीनामा दिएपछि पद रिक्त रहेको थियो ।

रिक्त रहेको सहायक र गोलरक्षक प्रशिक्षक केही दिनमा टुङ्गोल लगाउने एन्फाका प्रवक्ता किरण राईले जानकारी गराए । छनोटमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपाल रहेको समूहमा आयोजक इरानसँगै युएईं, र किर्गिस्तान रहेका छन् । केसीले यसअघि राष्ट्रिय टोलीको सहायक प्रशिक्षकको भूमिका पनि निर्वाह गरिसकेका थिए । बेलायती प्रशिक्षक ग्राहम रोबर्टसले नेपाली फुटबल टोली सम्हाल्दा केसी उनका सहायक थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.