आन्दोलनकारीलाई इराकका प्रधानमन्त्रीद्वारा वार्ताको आह्वान

१७ असोज ७६, शुक्रबार

१७ असोज, एजेन्सी। इराकका प्रधानमन्त्री आदेल अब्दुल महदीले वार्ताको आह्वान गरेका छन् ।

Advertisement

सरकारविरोधी प्रदर्शन बढ्दै गएपछि प्रधानमन्त्री महदीले आन्दोलनकारीसँग वार्ताका लागि आफू तयार रहेको बताएका हुन् । तीन दिनदेखि जारी विरोध प्रदर्शनले उग्र रुप लिन थालेपछि प्रधानमन्त्री महदीले वार्ताबाटै समस्याको समाधान गर्न आफू तयार रहेको बताएका हुन् ।

राजनीतिक संकट समाधानका लागि प्रधानमन्त्रीले आन्दोलनकारीसँग निरन्तर वार्ताको प्रयास गरेको जनाइएको छ ।

Advertisement

शान्तिपूर्ण प्रदर्शनका क्रममा सुरक्षाकर्मीले बल प्रयोग गरेको भन्दै आन्दोलनकारीले सरकारविरोधी प्रदर्शनलाई तीव्र पारेपछि स्थिति तनावपूर्ण बन्दै गएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top