झापाको दमकमा चिनियाँ लगानीमा औद्योगिक पार्क निर्माण हुने

१७ असोज ७६, शुक्रबार
Share this
688shares

१७ असोज, काठमाडौँ ।
चिनियाँ लगानीमा झापाको दमकमा औद्योगिक पार्क निर्माण हुने भएको छ । लगानी बोर्ड र चिनियाँ कम्पनी लासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन कम्पनीबीच बिहीबार काठमाडौंमा सो औद्योगिक पार्क निर्माण गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

Advertisement

कम्पनीले यस अघि नै सो पार्क निर्माणका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदनकोे कामलाई पनि अघि बढाईसकेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको उपस्थितिमा भएको समझदारीमा ६४ अर्ब लगानीमा सो पार्क निर्माण कार्य सम्पन्न हुने उल्लेख गरिएको छ । प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपाल सरकारले सात वटै प्रदेश औद्योगिक पार्क निर्माण गर्ने उद्देश्य अनुसार चिनियाँ लगानीमा सो पार्क निर्माण कार्य सुरु गरिएको पनि स्पष्ट पारे।

चिनियाँ लगानीमा निर्माण गर्न लागेको सो पार्कको नाम ‘चाईन–नेपाल फ्रेण्डसिप इन्डष्ट्रियल पार्क’ राखिएको छ । सरकारले सात वटै प्रदेशमा ‘औद्योगिक पार्क’ र सबै स्थानीय तहमा ‘औद्योगिक ग्राम’ बनाउने गरी आवश्यक नीतिगत व्यवस्था पनि गरिसकेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top