महरा प्रकरणः मानव अधिकार आयोगले छानविनको अनुगमन गर्ने

महरा प्रकरणः मानव अधिकार आयोगले छानविनको अनुगमन गर्ने

१७ असोज, काठमाडौं । तत्कालिन सभामुख कृष्णबहादुर महरा प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगले घटनाबारे भैरहेको छानविनको अनुगमन गर्ने भएको छ ।

अनुगमनका लागि आयोगले तीन सदस्यीय उच्चस्तरिय टोली गठन गरेको छ । त्यस्तै नेपाल प्रहरीसँग हालसम्म गरेका कामकारवाही बारे सूचना समेत माग गरेको छ ।

आयोगले घटनाबारे सञ्चारमाध्यममा आएका समाचार र पत्रकार माथि धम्की आएको घटनाबारे समेत छानविन गरिरहेको जनाएको छ ।

तत्कालिन सभामुख कृष्णबहादुर महरा माथि गत असोज १२ गते संघीय संसदमै कार्यरत कर्मचारीलाई बलात्कार गरेको आरोप छ । घटनाबारे प्रहरी अनुसन्धान अगाडि नबढाएपछि मानव अधिकार आयोगले अनुगमन टोली गठन गरि अग्रसरता देखाएको हो ।

आयोगको टोलीले घटनाको अनुसन्धान माथि नै सुक्ष्म निगरानी गर्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.