१८ असोज, एजेन्सी ।
गत फरवरीमा भारत प्रशासित कश्मीरमा वायुसेनाले आफ्नै एक हेलिकप्टर खसालेको भारतीय वायुसेनाले स्विकार गरेको छ ।
वायुसेना प्रमुख एयर चीफ मार्शल राकेश कुमार सिंह भदौरियाले पत्रकार सम्मेलन गरी यसलाई गम्भीर गल्ती बताएका छन् । उनले घटनामा संलग्न दोषीहरुलाई कारबाही गरिने बताए ।
२७ फरवरीमा जम्मू–कश्मीरको बडगाममा पाकिस्तानसँग भएको हवाई संघर्षका क्रममा भारतीय वायु सेनाले आफ्नो Mi-17 V5 हेलिकप्टर खसालेको थियो ।
जुन घटनामा वायु सेनाका ६ जवान र एक आम नागरिकको मृत्यु भएको थियो ।