विराटनगरमा पनि फूलपाती बढाई

१७ असोज ७६, शनिबार

१८ असोज, विराटनगर ।

विराटनगरस्थित निशान भगवती मन्दिरमा परम्परागत रुपमा फुलपाती भित्र्याइएको छ ।

सो क्रममा जिल्ला अदालतस्थित मन्दिर परिसरबाट बाजागाजा सहित निस्किएको धार्मिक ¥यालीले फूलपाती बढाई गर्दै नगरको विभिन्न मन्दिरहरुको परिक्रमा गरेको थियो ।

अदालत परिसरबाट निस्किएको धार्मिक ¥यालीले स्थानीय बगलामुखी मन्दिर पुगेर पुजाआजा गरिएको थियो । सो मन्दिर परिसरमा रहेको रुखबाट बेल टिपेर बिधिबत पुजाआजा गरिनुका साथै प्रसाद वितरण गरिएको थियो ।

त्यहाँबाट निस्किएको फुलपाती बढाई ¥याली कालीमन्दिरबाट जलजला रोड हुँदै फेरी जिल्ला अदालत परिसरमा रहेको निशान भगवती मन्दिर पुगेको थियो ।

फुलपाती भित्रयाउनु अघि र पछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले दशैघर स्थित दुर्गा भवानीको मूर्तिमा सम्मान अर्पण गरेको थियो ।

दुर्गा भवानीको प्रतिमा राखिएको दशैंघरमा उखु, अदुवा, वेलपत्र, दारिम,अशोकको फूल लगायतका नवपत्रिका (फुलपाती) भित्रयाइने परम्परा रहेको छ । फुलपाती बढाई कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल र जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिंउजु सहित प्रशासनिक क्षेत्रका कर्मचारी र सर्वसाधारणको सहभागिता थियो ।

 

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top