सोलुखुम्बुमा जिप दुर्घटना, एकको घटनास्थलमै मृत्यु

१९ असोज ७६, आइतबार
Share this
742shares

१९ असोज, सोलुखुम्बु ।
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिङलामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

Advertisement

शनिबार राति सोलु सल्लेरीबाट नेचातर्फ गइरहेको जिप दुधकुण्ड बरडाँडास्थित सडकबाट खस्दा अन्य १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

जिप अनियन्त्रित भई सडकदेखि तल अर्को टाटा सुमोमाथि खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा जिपका चालक सोलु नेचाका २१ वर्षीय लेखबहादुर खड्काको घटनास्थलमा मृत्यु भएको थियो।

Advertisement

घटनामा सुमोका चालक पासाङकाजी शेर्पासहित मोहन बस्नेत, रिया बस्नेत, रियाज बस्नेत, रुपा बस्नेत, रमना राई, गीता बस्नेत, आयुष बस्नेत र गजेन्द्र लामा सामान्य घाइते भएका छन्। घाइतहरुको राति नै उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top