लहानमा भारतीय शास्त्रीय गायकको सांगितिक प्रस्तुती

१९ असोज ७६, सोमबार

२० असोज, सिरहा । सङोर मिथिला नेपालले सिरहाको लहानमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

Advertisement

बडादसैको अवसर पारेर आयोजना गरिएको शुभकामना कार्यक्रममा भारतका चर्चित शास्त्रीय गायक गुरुदेब कामतले सांगितिक प्रस्तुती दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि कामतले भाषाको विषयलाई लिएर आफू धेरै चिन्तित रहेको बताए ।

संसारमा कुनै ठाँउमा शिक्षा नभएको बेला मिथिलामा त्यो समय पनि बेद, पुराण र पठाशाला रहेको बताए । उनले मिथिलामा नै आफनै घरका सदस्यले भाषा बिगारी रहेको बताए ।

Advertisement

सङोर मिथिला मैथिली भाषा बिकासको लागि अभियानको रूपमा गठन भएको संस्था हो । यसले मैथिली भाषालाई स्कुलको पाठयक्रममा समाबेस गराउन र प्रदेश न .२ मा मात्रृ भाषालाई सरकारी कामकाजको भाषा बनाउन पहल गर्दे आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top