अमेरिकी आक्रमणमा परी अफगानिस्तानमा ३० सर्वसाधारण मारिए

अमेरिकी आक्रमणमा परी अफगानिस्तानमा ३० सर्वसाधारण मारिए

२२ असोज, एजेन्सी ।
अमेरिकाले गरेको हवाई आक्रमणमा परी पश्चिमी अफगानिस्तानमा कम्तीमा ३० सर्वसाधारण मारिएका संयुक्त राष्ट्रसंघले बुधबार जानकारी दिएको छ ।

अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिसन (युएनमा) ले प्रकाशन गरेका विज्ञप्तिमा यस आक्रमणमा परी ३९ व्यक्ति घाइते भएको बताइएको छ । जस मध्ये ३० जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेहरुमा १४ बालबालिका र एक महिला रहेका पनि विज्ञप्तिमा जनाइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.