२३ असोज, काठमाडौँ ।
शनिबार आउने चिनियाँ राष्ट्रपति सी जिनपिंगको स्वागतका लागि राखिएका ब्यानर च्यातेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोपाल सार्की र राजकुमार ठाकुर रहेका छन् । राष्ट्रपति सी को स्वागतका लागि काठमाडौँको बिजुली बजार पुल, र तिनकुने पुल छेउमा राखिएका नेपाल चिनाउने ब्यानर मध्ये केही च्यातेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।