×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026

नेपालसंग भएको हवाई सेवा सम्झौतालाई लिएर अष्ट्रेलियन एयरलाइन्सहरुको असन्तुष्टि

२३ आश्विन २०७६

२३ असोज, काठमाडौं । नेपाल र अष्ट्रेलियाबीच भएको हवाई सेवा सम्झौतामा अष्ट्रेलियन एयरलाइन्सहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले आफूहरुसँग सल्लाह नै नगरी सरकारले हवाई सेवा सम्झौता गरेको गुनासो गरेका छन् । अष्ट्रेलियाका एयरलाइन्सहरुले नेपालमा उडानप्रति पनि चासो देखाएका छैनन् ।

असोज १४ गते भएको हवाइ सेवा सम्झौतालाई अष्ट्रेलियाका उपप्रधानमन्त्री मिचेल म्याककोरमाकले महत्वपूर्ण उपलब्धी बताएका थिए । उनले नेपाल अष्ट्रेलियाका लागि धेरै यात्रु भएको देश पनि भनेका थिए ।

Advertisement
Advertisement

उक्त सम्झौताअनुसार अष्ट्रेलियन एयरलाइन्सहरुले एक हप्तामा सात पटकसम्म काठमाडौंमा र देशका सबै विमानस्थलमा गरी हप्तामा २८ पटकसम्म उडान गर्न पाउँने उल्लेख छ ।

तर अष्ट्रेलियन एयरलाइन्सहरुले नेपाल यात्रुको संख्याका आधारमा आकर्षक गन्तब्य नभएको बताएका छन् । अष्ट्रेलियाको तथ्यांक विभागका अनुसार चालु वर्षको सात महिनामा ३१ हजार अष्ट्रेलियन नागरिकले नेपाल भ्रमण गरेका छन् ।

तर यसै अवधिमा १४ लाखले न्युजील्याण्ड, १३ लाखले इन्डानेसिया र १० लाख अष्ट्रेलियनले अमेरिका भ्रमण गरेका छन् । त्यस्तै ४ लाख १६ हजार अष्ट्रेलियनले भारत भ्रमण गरेका छन्, जहाँ अहिलेसम्म अष्ट्रेलियन जहाजको सिधा हवाई सम्पर्क छैन ।

क्वान्टास ग्रुपकी प्रवक्ताले क्वान्टास र जेटस्टार नेपालमा हवाइ उडानका लागि इच्छुक नभएको बताएकी छन् । त्यस्तै भर्जिन अष्ट्रेलियाका प्रवक्ताले पनि नेपालमा उडान गर्ने तयारी नभएको बताए । संघीय पर्यटनमन्त्री सिमन बर्मिंघमले हवाईसम्झौताले नेपाल र अष्ट्रेलियाको जनस्तरको सम्बन्ध बलियो बनाउने बताए ।

Advertisement

द अष्ट्रेलियन डट कमले आफ्नो समाचारमा नेपाल धेरै हवाइ दुर्घटना हुने देशको रुपमा पनि उल्लेख गरेको छ । यहाँ ३० वर्षमा २७ वटा डरलाग्दो हवाइ दुर्घटना भएको उसले जनाएको छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top