सलमान खानको बंगलाबाट वॉन्टेड क्रिमिनल पक्राउ

२३ असोज ७६, बिहीबार
Share this
707shares

२३ असोज, एजेन्सी ।
भारतिय सुपरस्टार सलमान खानसँग सम्बन्धित सबैलाई चकित पार्ने एक घटना सार्वजनिक भएको छ ।

Advertisement

भारतीय संचारमाध्यमका अनुसार भारतीय पुलिसले सलमानको गोराइस्थित बंगलामा छापा मारेको छ । उक्त बंगलाको रेखदेख गर्न राखेका ६२ वर्षिय एक व्यतिmलाई गिरफ्तार गरेको हो ।

सिद्धेश्वर राणा नाम गरेका ती व्यक्तिलाई मुम्बई पुलिसले पछिल्लो २९ वर्षदेखि खोजी गरिरहेको थियो । खबरका अनुसार सलमानको बंगलामा पछिल्लो २० वर्षदेखि काम गरिरहेका ती व्यक्ति मुम्बई पुलिसको वान्टेड लिस्टमा थिए ।

Advertisement

जबरजस्ती चोरी र कुटपिटको केसमा परेका राणा जमानतमा छुटेदेखि फरार रहेका थिए । यही कारण अदालतले ती व्यक्तिविरुद्ध गैर जमानती वारेन्ट जारी गरेको थियो ।

बुधबार राति मुम्बई पुलिसलाई एक गोप्य स्रोतबाट राणको बारेमा जानकारी पाएपछि अपराध शाखाका ४ युनिट गएर सलमानको घरमा आक्रमण गरेका थिए । (लाइभ हिन्दुस्तान)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top